सियारीमा विविध कार्यक्रम सहित ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो।

मेचीकाली संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार
626 shares


तुलसीराम पौडेल
सियारी,फाल्गुन २४
सामाजिक न्याय र लैङ्िगक समानता,दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ रुपन्देहीको सियारी गाउँ पालिकामा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो।सियारी गाउँपालिका सामाजिक शाखा हर्नैयाको आयोजनामा गाउँपालिकाको सभा हलमा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले ११२ जना श्रमिक महिलाहरूलाई सम्मान गरेको छ।
त्यसै गरि ९३ वर्षीय वृद्ध जेष्ठ नागरिक भिमादेवी शर्मालाई सम्मान गरिएको थियो ।कार्यक्रम उदघाट्न गर्दै सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले महिलाहरु राजनितिक नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।आफ्नो हक अधिकार प्राप्त गर्नको लागि महिलाहरु स्वयं जागरुक हुनुपर्ने बताउनु भयो ।महिलाहरु आर्थिक ,सामाजिक बिकासमा अगाडि नभएसम्म रास्टको विकास नहुने बताउनु भयो। गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले सम्पूर्ण महिलाहरु राजनीति क्षेत्रमा अगाडि आउनुपर्नेमा जोड दिनुभयो । पुरुषबाट भन्दा महिलाले महिलालाई हिंसा गरेको तथ्यांक पाइएको र त्यसको मुल कारण आर्थिक समस्या भएको हुनाले महिला आय आर्जनको लागि सीप तथा उद्योग सग जोडिनुपर्ने बताउनु भयो।
नारी दिवसकै अवसरमा चम्चा दौड,कुर्सी दौड र सियो धागो लगायतका प्रतियोगिता सम्पन्न भएका थिए ।चम्चा दौड प्रतियोगितामा सन्तु न्यौपाने प्रथम ,सुनिता थारु दोस्रो र अनुजा पौडेल ज्ञवाली तेस्रो हुनुभएको छ।कुर्सी दौड प्रतियोगितामा गोमा अर्याल प्रथम ,तारा कुमारी गुप्ता दोस्रो र तुलसा भण्डारी तेस्रो हुनु भएको छ।सियो धागो दौड प्रतियोगितामा सिर्जना थारू प्रथम ,बिष्णु कुमारी थारू दोस्रो र अनुजा ज्ञवाली तेस्रो हुनुभएको छ।
सियारी वडा नम्बर ७ निवासी ९३ वर्षीय वृद्ध भिमादेवी शर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,लेखा अधिकृत नारायण प्रसाद पौडेल ,नेकपा एमाले सियारी गाउँ पालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य खेमराज गुरुङ ,समाजसेवी राधिका भुसाल ,कमला भण्डारी ,कार्यपालिका सदस्य लक्ष्मी विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।गाउपालिका सामाजिक शिक्षा शाखा प्रमुख बिनोद खनालको संयोजकता सामाजिक शाखाकै स.म.वि.नि.शान्ता पौडेलको सक्रियता ,कार्यपालिका सदस्य देवकी खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन लक्ष्मी खत्रीले गर्नुभएको थियो ।