शुद्दोधन -३ का महिला स्वयंसेविकाहरुलाई साइकल वितरण

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार
420 shares


तुलसीराम पौडेल
फर्साटिकर, फाल्गुन २६
रुपन्देहीको शुद्दोधन गाउपालिका वडा नम्बर ३ ले आफ्नो वडाभित्रका ८ जना महिला स्वयं सेविकाहरुलाई एक कार्यक्रमका बिच साइकल वितरण गरेको छ।
कोभिड महामारीको बेला खटिएका एव स्वास्थ जनचेतनामा प्रमुख भुमिका खेले बापत महिला स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो।शुद्दोधन गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमबहादुर खड्काले स्वास्थ्य सचेतनामा महिला स्वयसेविकाको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो।
वडास्तरीय बजेटबाट साइकल वितरण गरिएको वडा सचिव अग्नि प्रसाद पौडेलले बताउनु भयो ।
शुद्दोधन गाउपालिका वडा नम्बर -३ का वडा अध्यक्ष हेम बहादुर खड्काको अध्यक्षता, वडा सचीव अग्नि प्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य णम कुमारी पङ्गेनी ,वडा सदस्यहरु राधिका बिक ,भुवनेश्वर थारू , टोल विकास सस्थाका अध्यक्षहरु कृष्ण काफ्ले ,नेत्र बहादुर थापा ,बिष्णु ढकाल लगायतको आतिथ्यता रहेकोे थियो ।