अनेमसंघको १० औं जिल्ला सम्मेलनको पुर्व तयारी बैठक

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार
460 shares

कपिलवस्तु । अखिल नेपाल महिला संघको दशौं जिल्ला सम्मेलनको पुर्व तयारी बैठक बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बैठकका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले देशको आधा आकास ओगटेको अखिल नेपाल महिला संघ आफैंमा शक्तिशाली संगठन भएको बताउनुभयो । स्थानियतहको निर्वाचनलाई सफल पार्न महिलाहरु उत्साहका साथ लाग्नु पर्ने उँहाले बताउनु भयो । तिनै तहको निर्वाचनमा नेकपा एमालेको सरकार बन्ने निश्चित भैसकेको समेत उहाँले ठोकुवा गर्नुभयो ।

पार्टीका केन्द्रिय सदस्य बलराम अधिकारीले अखिल नेपाल महिला संघको संगठन आफैंमा बलवान भएको बताउनुभयो । यसलाई अगाडी बढाउन कमिटी बिस्तार गर्न आबश्यक देखिएको बताउँदै अहिले आबश्यकता अनुसार अगाडी बढ्न आग्रह गर्दै पार्टीको साथ सपोर्ट रहने बताउनुभयो ।

यस्तै पार्टीका प्रदेश सदस्य, अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले महिलालाई दोश्रो दर्जाको रुपबाट हेर्न नहुने बताउनुभयो । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले दशौ जिल्ला सम्मेलनको पुर्व तयारी बैठकलाई संबोधन गर्दै स्थानिय तहको निर्वाचनका लागि सबैको महत्वपूण भुमिका रहेको बताउनुभयो । स्थानियतहका बिभिन्न मुद्दाहरुलाई उठान गर्न अखिल नेपाल महिला संगठन लाग्न जरुरी देखिएको बताउनुभयो । उँहाले बिचार र सिद्धान्तहरुलाई भन्दा पनि ब्यबहार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।

बैठकमा अनेम संघका केन्द्रिय सदस्य शिव कुमारी थारु, संघका प्रदेश सदस्य राधिका गौतम, पार्टीका जिल्ला कमिटी सदस्य बिश्व कार्की, जिल्ला कमिटी सदस्य बिकास आचार्य लगाएतले फागु २८ गते हुने दशौं जिल्ला सम्मेलन सफलपार्न र लागि अग्रिम शुभकामना दिनुभयो ।
अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका जिल्ला उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा जिल्ला सचिव चेतना अधिकारीको संचालनमा बैठक सम्पन्न भएको थियो ।

साथै बैठकले यहि फागुन २८ गते हुन गैरहेको १० शौं जिल्ला सम्मेलन बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित मायाँज होटलमा सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि प्रतिनिधी छनौट , मञ्च ब्यबस्थापन लगाएतका कार्यहरु अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माले जानकारी दिनुभयो ।