जिल्ला बाल अधिकार समितीको बैठक सम्पन्न

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार
531 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला बाल अधिकार समितीको बैठक जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा बालबालिकाहरुको हक अधिकारको बिषयमा छलफल भएको थियो । बाल संजालका सदस्य अर्चना आचार्य र भाष्कर त्रिपाठीले राज्यले दिएको संबिधानमा उल्लेख गरिएको निशुल्क शिक्षाबाट बञ्चित भएको बताएका छन् ।

यस्तै बालमैत्री बिद्यालय, महिला मैत्री सौचालय, बालमैत्री डेस्कबेञ्च नभएको बैठकमा बताएका छन् । यसैगरी अधिकांश सामुदायिक बिद्यालयमा शिक्षकहरुले मोवाईल चलाएर बस्दा शिक्षा गुणस्तरिय नभएको गुनासो गरेका छन् ।

बैठकमा प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, जिल्ला न्यायधिवक्ता रत्न प्रकाश गिरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दान बहादुर कार्कीले बाल अधिकारको हक अधिकारको बिषयमा बाल अधिकार सम्बन्धि आ आफ्नो भनाई राखेका थिए ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, कपिलवस्तु जिल्ला अस्पतालका मेसु किशोर बञ्जाडे, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरे , कालिका स्वावलम्बनका अर्जुन थापा मगर , बाल अधिकार सदस्य पशुपत्तिमणि त्रिपाठी , मिना पौडेल खनाल, संचारिका समूहका अध्यक्ष पार्वती आचार्य लगाएतको उपस्थिती रहेको थियो ।

बैठकले छलफलबाट स्थानियतहमा बाल अधिकार सम्बन्धिका बिभिन्न निणयहरु गरेको छ । जसमा स्थानियतहमा बाल समूह संजाल गठन भए नभएको, बाल समूह संजाल गठन, सहजीकरण तथा संचालन सम्बन्धि निर्देशिका वा कार्यविधि बने नबनेको, बाल क्लव सूचिकृत भए नभएको, बालकोष बनेको वा नबनेको र बाल कल्याण अधिकारी तोकिएको वा नियुक्ति भए नभएको बिषयमा स्थानियतहमा माग गर्ने निर्णय भएको छ । जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलको सहजीकरणमा बैठक सम्पन्न भएको थियो ।