शुद्धोधन गाउँपालिका–२ मा नेपाली कांग्रेसको वडा कार्यालय स्थापना

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७८, शनिबार
631 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देही शुद्धोधन गाउँपालिका–२ बनगाइमा नेपाली कांग्रेसको वडा कार्यालय स्थापना तथा क्रियाशील कार्याकर्ता भेला सम्पन्न भएको छ ।

नेपाली कांग्रेस वडा नम्बर २ का सभापति कमल खड्काको अध्यक्षता, नेपाली कांग्रेस महासमिति सदस्य तथा शुद्धोधन–२ का अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि शिवराम न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

शुद्धोधन–२ का अध्यक्ष बस्यालले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ता एकजुट भएर वडामा मात्र नभई गाउँपालिकामा समेत कांग्रेसलाई विजयी गराउने लक्ष्य राखी सबैले आफ्नो जिम्बेवारी पुरा गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्वजिल्ला सदस्य पलटन चौधरी, शुद्धोधन गाउँपालिका समितिका सभापति दामोदर पौडेल, पूर्वमहासमिति सदस्य भगवती चौधरी, प्रदेश (ख) सभापति घनश्याम चालिसे, नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि शिवराम न्यौपानेलगायतले नेपाली कांग्रेसले सदैब नेपाली नागरिकको हितको काम गर्दै आएको बताए ।

प्रदेश (ख) का सचिव उमाकान्त चापागाईंको स्वागत र नेपाली कांग्रेस शुद्धोधन–२ का सचिव सरोज खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।