मुक्ति समाज कपिलवस्तुको अध्यक्षमा कोरी

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७८, शनिबार
364 shares

कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । जिल्लाको चन्द्रौटामा सम्पन्न ५ औँ सम्मेलनबाट अध्यक्षमा राम प्रघट कोरी निर्विरोध चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले ५१ सदस्ययीसहितको कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा राम बहादु्र सुनार, सचिवमा पदम विश्वकर्मा, सह–सचिवमा जानकी विश्वकर्मा, र कोषाध्यक्षमा खुम वि.क लगायत सर्वसम्मत रुपमा चयन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले नेकपा एमालेको केपी शर्मा ओलीको नेतृत्वको सरकारले देशमा गरेको उत्कृष्ट कार्यले विभिन्न पार्टी परित्याग गरी र देशभरीका आम जनताले एमालेमा प्रवेशको लहर चलेको बताए । उनले भने, “देश भरी एमोलमा प्रवेश गर्ने लर्को यति धेरै रहेको छ की केपी ओलीले टिका, खादा र माला लगाउन भ्याई नभ्याई भएको छ” । उनले एमालेसँग कुसल, सक्षम, र विश्वासिलो नेतृत्व भएकोले एमाले हुनुमा गर्व गर्नुपर्ने बताए ।
एमाले जनताको बहुदलीय जनबाद र गरिबको पार्टी भएको बताउँदै पार्टी प्रवेशको लहरले नेकपा एमाले केपी ओली नेतृत्वको सरकार बन्नेमा कुनै दुई मत नरहेको विश्वकर्माले दाबी गरे । उनले तराई, पहाड र हिमालका जनताका बिना भेदभाव समान दृष्टिकोणले हेर्ने पार्टी एमाले मात्र भएको जिकिरसमेत गरे ।

प्रचण्डले सत्ताको लोभमा एकतालाई फुटाएको बताउँदै प्रचण्डलाई देशका जनताले राम्रोसँग चिनेको उनले बताए । उने भने, “बिहान अर्को थरी, दिउँसो अर्को थरी, साँझ अर्को थरी र राति अर्को थरी गरी दिनभरीमा चार थरी कुरा बदल्दै जनतालाई भ्रम परेका छन्” । त्यस्ता नकारात्कमक देशको कुभलो हुने कुराको पछाडी नलागी देशको विकास र समृद्धि चाहने एक मात्र पार्टी एमालेलाई जिताउन विश्वकर्माले अनुरोधसमेत गरे ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्यले एकराज विश्वकर्माले मुलुकको समृद्धि अन्य कुनै पनि पार्टी नभएको दाबी गरे । उनेले यो देशको शिर ठाडो पार्ने शक्ति एमालेमा भएको बताउँदै सबैले गोलबद्ध भएर एमालेलाई बलियो बताउनुपर्ने बताए । उनले अहिले गठनबन्धनको सरकारको कार्यशैलीलाई हेर्दा देश दुगर्तितिर गरिरहेको चिन्ता व्यक्त गर्दै एमाले अब सबै सार्वभौँम, सम्पन्न खालका कार्यलाई अगाडी सारेर एमालेले शाससन सत्तालाई चलाउन आवश्वक रहेको बताए । देशमा रहेका कुरीती, विसङ्गति, कुसँस्कारलाई हटाउने एमाले पार्टीको अभियान रहेको उनले बताए ।

यस्तै नेकपा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले पञ्चायत र गणतान्त्रिक आन्दोलनको अवस्थामा दलितहरु हेपिएको बताउँदै यस आन्दोलनमा सहभागी भएर आफ्नो हक अधिकारको लागि दलितहरुले संगठनमार्फत गरेका योगदानहरु सराहनीय रहेको बताए । जिल्ला इन्चार्जसमेत रहेका अधिकारीले यो देशमा जनताको हितमा काम गर्ने नेकपा एमाले मात्र भएको दाबी गरे । उनले अब आउने बैशाख ३० स्थानीय निर्वाचनमा सबै तहमा एमोलेका नेताहरुलाई जिताउन आह्वानसमेत गरे ।
कार्यक्रमलाई नेकपा एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, जिल्ला सचिव चन्द्र बहादुर गहतराज, पुर्व जिल्ला अध्यक्ष झबिलाल पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।