बिजयनगरमा कार्यशाला गोष्टी सम्पन्न

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७८, शनिबार
641 shares

कपिलवस्तु । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण, रणनीति निर्माण सम्बन्धि कार्यशाला गोष्टी बिजयनगरमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश परिषद नेपालगञ्जको सहयोग र विजयनगर गाउँपालिकाको आयोजनामा कार्यशाला गोष्टी सम्पन्न भएको हो । सहजकर्ता उदवध भण्डारीले भावी रणनीति, योजना तर्जुमामा सबैको समान अधिकार रहेको हुँदा पालिकाले सबै जातजाति, धर्म, लिङ्गका ब्यक्तिहरूलाई समा उनिहरूको आवश्यकतानुसार बजेट निर्धारण गर्नुपर्ने बताए ।

छलफलका क्रममा समुहगत रूपमा सबैलाई हालसम उक्त अवसर पाए–नपाएको र नपाएको भए बजेट निर्धारण गर्दा सबैको समान सहभागिता हुनुपर्ने र गराइदिनु गाउँपालिका अध्यक्ष÷प्रमुख प्रशासकीय अधिकृतरूलाइ आग्रह गरे । दुईसय बढिको सहभागिता रहेको कार्यक्रमको सहजीकरण कार्यक्रमका प्रमुख शंकर अधिकारीले गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल थापाले आयोजक संस्थालाई बिशेष धन्यवाद दिदै सहभागिहरूलाई अधिकार मागेर नभई खोसेर लैजानु पर्ने बताए । त्यस्तै पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बजेटमा सबैको समान अधिकार रहेको बताउदै सो कार्यक्रमले आफुहरूलाई अझ स्पष्ट पारेको जानकारी दिदै सबैलाई धन्यवाद दिइन ।