अनेमसंघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलन सम्पन्न

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७८, शनिबार
482 shares

पार्वती आचार्य
कपिलवस्तु । अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलन बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटीको आयोजना सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अखिल नेपाल महिला संघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर महिलाहरुको हकहितमा कार्यहरु सम्पादन गर्दै आएको बताईन् ।

अब आउने निर्वाचनमा पार्टीलाई जिताउन अखिल नेपाल महिला संघ तमतयार भएर लाग्न जरुरी भएको बताईन् । तिन तहको निर्वाचनमा नेकपा एमालेको जित निश्चित भएको हुँदा महिला संघका दिदी बहिनीहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिईन् । अनेम संघले स्थापना कालदेखि नै महिलाहरुको अधिकारको क्षेत्रमा आवाज उठाउँदै र पार्टीको एजेण्डा बनाउँदै आएको बताईन् । उनले बिगतलाई फर्केर हेर्दा अखिल नेपाल महिला संघले अत्यन्तै संघर्ष गर्दै अगाडी बढ्दै आएको र गौरवशालि संगठनले लाखौंलाख महिलाहरुको बिचमा आफ्नो सदस्यता बिस्तार गर्दै आईरहेको बताईन् ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य , अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले अखिल महिला संघले आ आफ्नो निती नियममा रहेर काम गर्दै आएको बताईन् । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिईन् ।
यसैगरी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य कुमारी शाही , पार्टीका सचिवालय सदस्य तथा संघका केन्द्रिय सदस्य रिता चौधरी , अनेम संघका केन्द्रिय सदस्य शिव कुमारी थारु , पार्टीका जिल्ला सचिवालय सदस्य पिताम्बर खनाल , नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई , जिल्ला पार्टी सचिवालय सदस्य बिश्व काकी लगाएतले आफ्नो मन्तब्य दिएका थिए । साथै अनेम संघका महिला दिदी बहिनीहरुलाई जिम्मेवारीका अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा संघका जिल्ला सचिव चेतना अधिकारीको संचालनमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी , पार्टीका केन्द्रिय सदस्य टेकराज पौडेल लगाएतका नेताहरुको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यस्ैबिच अनेम संघको दशौं जिल्ला सम्मेलनबाट ६५ जना भुगोल तर्फ र ६ जना सुल्ला तर्फ गरी ७१ सदस्यिय जिल्ला समिती चयन भएको छ । जसको अध्यक्षमा चेतना अधिकारी, उपाध्यक्षमा शान्ता पाण्डे, उपाध्यक्षमा टिका उपाध्याय, सचिवमा धनु अधिकारी, सह सचिवमा मन्जु चौधरी र कोषाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्विरोध चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेद्वारा सपथ ग्रहरण गराईएको छ ।

उक्त कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिएका थिए । नव निर्वाचित अध्यक्ष चेतना अधिकारीले अनेम संघको हरेक गतिविधीहरुलाई निती नियम अनुसार अगाडी बढाउने र संगठनलाई बलियो बनाएर अगाडी बढ्ने बताईन् । उनले आगामी हुने स्थानिय निर्वाचनमा अखिल नेपला महिला संघले पार्टीलाई बिजय बनाउने योजनाका साथ अघि बढ्ने समेत प्रतिबद्धता जनाईन् ।