राष्ट्रिय युवा संघद्धारा धमाधम संगठन बिस्तार

मेचीकाली संवाददाता

२९ फाल्गुन २०७८, आईतवार
404 shares

बुटवल । नेकपा एमाले निकट राष्ट्रिय युवासंघले रुपन्देहीमा संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ । संघले बुटबल उपमहानगरपालिका अन्तरगतका वडाहरुमा संगठन बिस्तारलाई अघि बढाएको राष्ट्रिय युवासंघ जिल्ला कार्यालय समिती कृष्ण कुमालले जानकारी दिए ।

संगठन बिस्तार अभियान अन्तरगत शनिबार बुटवल उपमहानगरपालिका वडा नं १८ मा लक्ष्मण न्यौपानेको अध्यक्षतामा ३७ सदस्यीय वडा कमिटी गठन गरेको छ । कार्यक्रममा बोल्दै युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष मनोज गौचनले स्थानिय, प्रदेश र संघिय चुनाबमा युवाहरु एकजुट भएर लाग्न आग्रह गरे । एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पु¥याउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न आह्वान गरे ।

युवासंघ नेपालले देशभरी नै युबाहरुलाइ एक जुट बनाउँदै संगठन निमार्णको कामलाई तिब्र रुपमा अगाडी बढाएको उनले बताए । रुपन्देही जिल्लामा संगठन निमार्णको काम अन्तीम चरणमा पुगेको उनले बताए । सबै युवाहरु एकजुट भएर नेकपा एमालेलाइ जिताउने अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा आषिस चौधरी, कृष्ण कुमाल, दिपक खड्गी, समुन्द्र श्रेष्ठ, रम्भा घिमिरे, शंकर पाण्डे, जुनु अर्याल लगायतको उपस्थित रहेको थियो ।