स्व. कमलराज पाठक रनिङ शिल्ड प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसलाई

मेचीकाली संवाददाता

२९ फाल्गुन २०७८, आईतवार
692 shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल साउथको आयोजनामा सम्पन्न स्व. कमलराज पाठक रनिङ शिल्ड प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसले जितेको छ ।

रोट्रयाक्ट क्लब मणिग्रामलाई सोझो तिन सेटले पराजीत गर्दै रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसले उपमधी जितेको हो । त्यस्तै महिला भलिबलतर्फ रोट्रयाक्ट क्लब अफ तिनाउ सिटि प्रथम भएको छ । रोट्रयाक्ट क्लब मणिग्रामलाई सोझो तिन सेटले हराउदै तिनाउ पहिलो भएको हो ।

भलिवल प्रतियोगीतामा रामापिथेकस प्रथम हुँदै आएको छ । यसवर्षको खेलमा पनि क्लबले आफ्नो बिरासत कायम गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । अर्को वर्ष हुने खेलमा पनि रामापिथेकस प्रथम भएमा शिल्ड पञप्त गर्नेछ । दुई तिनसम्म चलेको खेलमा २३ वटा क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष अमृत भुसालले जानकारी दिए ।