सियारीमा श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता शुरु

मेचीकाली संवाददाता

२९ फाल्गुन २०७८, आईतवार
389 shares


तुलसीराम पौडेल —
सियारी, फाल्गुन २९
रुपन्देही स्थित सियारी खेलकुद विकास समिति सियारी गाउँपालिकाको आयोजनामा श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता आइतबारदेखि सियारी -५ पब्लिक नमूना माध्यमिक विद्यालयको खेलमैदानमा आइतबारदेखि शुरु भयो । क्रीकेट प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेल सुर्यतारा युवा क्लब भर्सेस युनिटी युवा क्लब बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा सुर्यतारा युवा क्लब बिजयी भयो।पहिलो ब्याटिङ गर्दै युनिटिले ११४ रन बनाउन सफल भयो ।जवाफीमा ११५ रन पछ्याउँदै सुर्यतारा युवा क्लबले १ विकेट गुमाएर ९ ओभरमा लक्ष्य पुरा गर्न सफल भयो।सुर्यतारा युवा क्लबका आशिष दुबेले ४० रनको साथ ३ विकेट लिन सफल भयो।
दोस्रो खेल शिवज्योती सामाजिक केन्द्र भर्सेस हाटी अमवा बिच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा शिवज्योती सामाजिक केन्द्र बिजयी भयो।हाटी अमवाले पहिलो ब्याटिङ गर्दै ११५ रन बनाउन सफल र ११६ रनको लक्ष्य पछाउदै शिवज्योती सामाजिक केन्द्रले ६ विकेट गुमाएर लक्ष्य हासिल गर्न सफल भयो ।जितको लागि शिवज्योतिका सन्देश शिलवालले ४४ रन र २ विकेट लिन सफल भयो । सोमबारको पहिलो खेल सन राइज युवा क्लब A भर्सेस नव ध्रुवतारा युवा क्लब A बीच प्रतियोगिता , दोस्रो खेल ध्रुवतारा शान्ति क्लब B भर्सेस सनराइज युवा क्लब B बीच प्रतियोगिता र तेस्रो खेल नव दुर्गा युवा क्लब भर्सेस आर आर चिल्हिया बीच प्रतियोगिता हुने आयोजकले बताएका छन् ।
गाउँपालिका वडा सदस्य श्याम शर्मा भुसालको अल्पायुमै मृत्यु भएकोले उनको स्मृति स्वरुप क्रीकेट खेलको नाम श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता राखिएको हो।
प्रतियोगिता सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै अध्यक्ष अयोध्याले खेलकुदको माध्यमबाट सियारीलाई रास्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने बताउनु भयो ।कार्यक्रममा सियारी गाउँपालिका -४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,कार्यपालिका सदस्य देवकी खरेल , पब्लिक नमुना माविका प्रधानाध्यापक डिलाराम खनाल स्वर्गीय श्याम शर्मा भुसालकि धर्मपत्नी कुमारी भुसाल लगायतको आतिथ्यता रहेकोे थियोे । सियारी खेलकुद विकास समितिका संयोजक प्रकाश रेग्मिको अध्यक्षता, गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, खेलकुद उपसमितिका संयोजक बुद्धि बहादुर सिलवालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उग्रसेन पासवानले गरेका थिए ।