भारतीय ट्रकको ठक्करबाट घाईते विद्यार्थीको मृत्यु

मेचीकाली संवाददाता

३० फाल्गुन २०७८, सोमबार
429 shares
सांकेतिक तस्विर

पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विद्यार्थीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार विहान बुटवल चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सम्झना यादव गम्भिर घाईते भएकी थिईन् । ट्रकको ठक्करबाट घाइते यादवलाई टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि बुटवल चौराहा अस्पताल पठाइएको थियो ।

सो घटनापछि स्थानिय तथा विद्यार्थीले सडक घेरेर ज्यानको सुरक्षा प्रत्याभूमि दिलाउन माग गर्दै नाराबाजी गरेका थिए । यस अघिपनि ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।