सियारीमा श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता जारी

मेचीकाली संवाददाता

३० फाल्गुन २०७८, सोमबार
229 shares


तुलसीराम पौडेल
सियारी, फाल्गुन ३०

रुपन्देही स्थित सियारी खेलकुद विकास समिति सियारी गाउँपालिकाको आयोजनामा संचालित श्यामशर्मा स्मृति क्रीकेट प्रतियोगिता अन्तरगत सोमबार विभिन्न टिम बीच प्रतिस्पर्धा भएको थियोे ।सोमबारको पहिलो खेल सनराइज युवा क्लब A भर्सेस नव ध्रुव तारा क्लब A बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा सनराइज युवा क्लब A बिजयी भएको छ।पहिलो ब्याटिङ गर्दै नव ध्रुव तारा A ले सबै विकेट गुमाएर ३३ रन बनाउन सफल भयो ।सनराइजले १० विकेटले विजयी भयो।
सोमबारको दोस्रो खेल ध्रुवतारा शान्ति क्लब B भर्सेस सनराइज युवा क्लब B बिच प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा सनराइज युवा क्लब B विजयी भएको थियो ।ध्रुव ताराले सबै विकेट गुमाएर ११४ रन बनाउन सफल भयो ।११५ रन पछ्याउँदै सनराइज युवा क्लबले ६ विकेटले विजयी भयो ।त्यसै गरि तेस्रो खेल नव दुर्गा युवा क्लब भर्सेस आर आर चिल्हिया बीच भएको प्रतियोगितामा नव दुर्गा युवा क्लब विजयी भएको सियारी गाउँपालिका क्रीकेट खेल प्रशिक्षक घनश्याम थारूले बताउनु भयो । खेल सियारी -४ पब्लिक नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेको छ।