रिब्दिकोटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको छ : अध्यक्ष जिसी

मेचीकाली संवाददाता

१ चैत्र २०७८, मंगलवार
462 shares


नेत्र गैरे
पाल्पा । रिब्दिकोट गाउँपालिकाले प्रेस बिज्ञप्ती जारी गरेको छ । गत फागुन २३ गते गाउँपालिकालाई लक्षित गरी (रिव्दीकोट गाउँपालिकाको जनविरोधि बेथितीजन्य कृयाकलाप र अनियमितता प्रति ध्यानाकर्षणभएको तथा गाउँपालिकाले दिनानुदिन समस्या थप्दै जनजीवन कष्टकर बनाएको) भन्ने जस्ता आरोप लगाई जनप्रतिनिधिहरु, कर्मचारी तथा गाउँपालिका परिवारलाई बदनाम गर्ने तथा आफ्नो दुषित राजनीतिक अभिष्ट पुरा गर्ने मनसायले जारी विज्ञप्तीप्रती हाम्रो गंभीर ध्यानाकर्षण भएको छ। बिज्ञप्तीमा भनिएको छ ।

यस्तै बिज्ञप्तीमा सर्वप्रथम,अनेक तथ्यहीन र भ्रामक सूचना प्रेषित गरेरै भए पनि हामीले पुरा गर्नुपर्ने जिम्मेवारीलाई स्मरण गराई दिएकोमा विज्ञप्तीकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ । स्थापनाकालदेखि नै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण लगायतका विकासका विविध पक्षमा गरेका सकारात्मक कृयाकलापहरु कसैका तथ्यहीन सूचनाले न्यायप्रेमी जनसमूदायवाट लुक्न सक्दैनन ।हामीले निर्वाचित हुनका लागि गरेका बाचाहरु पुरा गर्न हाम्रो आन्तरिक आय र माथिल्ला तहका सरकारवाट प्राप्त वजेटलाई विधिसम्मत तरिकाले महत्तम रुपमा उपयोग गर्नमा नै हाम्रो सम्पूर्ण ध्यान केन्द्रीत गर्यौ। यस क्रममा हाम्रो पक्षपातरहित व्यवहारलाई आम रिब्दिकोटवासीले अन्तरआत्मावाट महसुस गर्नुभएको छ भन्नेमा हामी विश्वस्त छौं।कार्य सम्पादनका क्रममा हुन सक्ने सानातिना कमजोरीहरुबाट पनि संस्थाको ख्यातीमा गंभिर असर पर्न सक्ने कुरालाई मध्यनजर गर्दैगर्दा समेत हुन सक्ने त्रुटी न्यूनीकरण गर्दै पारदर्शिता र जवाफदेहीता प्रवर्दन गर्दे जानुनै बुद्दिमताहुन्छ भन्ने ठानेका छौं ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा कोभिड १९ को महामारीवाट गाउँपालिका प्रभावित भैरहँदा तत्कालिन विषम परिस्थितिमा अस्पताल व्यवस्थापनमा सहयोग गर्नेलाई नै अपमान हुने ढंगले जारी गरीएको विज्ञप्तीमा आफ्नो नजिकमा अस्पताल राख्न विरोध गर्ने केहीले समेत हस्ताक्षर गरेको देख्दा उहाँहरुमा न्यूनतम मानवीय संवेदना पनि हराउँदै गएको नमिठो अनुभुति भएको छ । विषम परिस्थितिमा कम क्षतिमा कोभिड १९ महामारीको व्यवस्थापन गर्न जोखिमको प्रवाह नगरी घर जग्गा उपलव्ध गराउनुहुने गाउँपालिकाका प्रवक्ता तथा साथ दिनुहुने सबैमा अन्तरहृदयबाट धन्यवाद ज्ञापन गर्दछौं । भनिएको छ ।

यस्तै बिज्ञप्तीमा, आफ्ना विचार राख्न पाउनु, आफ्नो र सरोकारका सार्वजनिक विषयमा जानकार हुन पाउनु तथा सामूहिक सौदावाजीका लागि ट्रेड युनियन अधिकार प्रयोग गर्न पाउनु लोकतन्त्रका सुन्दर पक्ष हुन् ।यी अधिकारको स्वतन्त्र र विधिसम्मत रुपमा प्रयोग गर्न पाउने अवस्थामा नै लोकतन्त्रको भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको सम्म वोध नहुनेले लोकतन्त्रका कुरा गर्नु उपयुक्त हुँदैन भन्ने कुरा विज्ञप्तीकर्ताहरुलाई स्मरण गराउन चाहन्छौं । दर्शाइएको छ ।

लोकतन्त्रमा आलोचना गर्न पाउने, कानून वमोजिम सूचना माग्ने र पाउने अधिकार सबैलाई रहन्छ तर तथ्यहीन, भ्रामक कुराहरु संप्रेषण गरी आम मानिसमा वितृष्णा फैलाउने उद्देश्यले कोही कसैमाथि संगठित रुपमा प्रहार गर्नु लोकतन्त्रको उपहास मात्र होइन विकृत राजनीतिको चरम नमुना र विचलित मानसिकताको उपज हो र गाउँपालिकालाई लक्षित गरी निकालिएको विज्ञप्ती पनि यसैको परिणाम हो भन्ने हाम्रो निष्कर्ष रहेको उल्लेख गरिएको छ ।

बिज्ञप्तीको अन्तमा, पारदर्शिता र जवाफदेहीता हाम्रो कार्यसम्पादनको मूल मन्त्र भएकाले हामीले गरेका र गर्न नसकेका कामको वारेमा स्पष्ट जानकारी गराउन र खुला वहस गर्न हामी सदैव तत्पर रहेको व्यहोरा जानकारी गराउँदछौं । भनिएको छ ।