सियारीमा बिश्व उपभोक्ता दिवस मनाइयो

मेचीकाली संवाददाता

२ चैत्र २०७८, बुधबार
629 shares


तुलसीराम पौडेल —
सियारी, चैत १
सुरक्षीत र समाबेशी बिद्दुतीय कारोबार उपभोक्ताको अधिकार भन्ने नाराका साथ बिश्व उपभोक्ता दिवस रुपन्देहीको सियारी गाउँपालिकामा मनाइयो।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाको आयोजनामा सियारी गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख जिल्ला अधिकारी ॠषिराम तिवारीले कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।सो अवसरमा उहाले खाद्य सामाग्री उपभोग गर्दा सचेत हुनुपर्ने बताउनु भयो।सुरक्षीत खाद्य पदार्थ प्रयोगको लागि उपभोक्ता सचेतना मुलक कार्यक्रम गरिरहनुपर्नेमा जोड दिनु भयो।
कार्यक्रममा उपभोक्ता सचेत गराउनको लागि उपभोक्ता सचेत कसरी हुने भन्ने वारे प्रशिक्षण दिइएको थियो।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख टेकराज भट्टराईको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी ॠषिराम तिवारीको प्रमुख आतिथ्यता ,सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सियारी गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई ,घरेलु साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख रामप्रसाद ज्ञवाली ,खाद्य बिभाग तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख विमल कुमार दाहाल लगायतले मन्तव्य दिनुभएको थियो ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका लेखापाल गिता अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नारायण पन्थिले गर्नुभएको थियोे ।