अब बाणिज्य प्रशासनको काम घरेलुु कार्यालबाट

मेचीकाली संवाददाता

३ चैत्र २०७८, बिहीबार
555 shares


तुलसीराम पौडेल
रुपन्देही ,चैत ३
प्रदेश सरकार लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयमा अब आयात निर्यात बाहेकका स्थानीय ब्यापारको प्रशासन तथा ब्यबस्थापनको काम संघीय सरकारबाट हस्तान्तरित भई आएको छ । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाको आयोजना र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको समन्वयमा मंगलवार सम्पन्न सन स्टार इन्टरनेसनल होटलमा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हेमराज सुबेदीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम न्यौपानेको बिशिस्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो । उद्योग बाणिज्य संघ सस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको उक्त कार्यक्रममा उद्योग तथा बाणिज्य संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै घरेलु तथा साना उद्योग कार्यालयलाई सरकारले उपेक्षा गरेको, सवारी साथन लगायत अत्यावश्यक श्रोतसाधनको अभावका कारण कार्यालयले उद्योग तथा बजार अनुगमनको कार्य नियमित गर्न नसकेकोले घरेलु तथा साना उद्योग कार्यालयलाई श्रोत साधन र जनशक्तिले सम्पन्न तुल्याउन ढिला गर्न नहुने बिचार ब्यक्त गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालयले उच्च कार्यचापका बिचमा बाणिज्य प्रशासनको काम पनि थपिएकोमा मन्त्रालयले श्रोत साधन र जनशक्ति ब्यबस्थापनमा उचित ध्यान पुराउने र रुपन्देही जिल्ला मात्र नभई समग्र लुम्बिनी प्रदेशलाई नै औद्योगिक प्रदेश तथा ब्यापार केन्द्रको रुपमा स्थापित गर्ने कुरामा प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय प्रतिबद्ध रहेको जानकारी उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय शाहीले बताए! घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख उपसचिव राम प्रसाद ज्ञवालीले घरेलु तथा साना उद्योग कार्यालयलाई आवश्यक श्रोत साधनको प्रबन्ध गर्न सकेमा कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट कार्यालयको रुपमा स्थापित गर्न सकिने बताए । कार्यक्रममा अध्यक्षको भुमिकाको रुपमा रहेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हेमराज सुवेदीले घरेलु कार्यालयले थपिएको कार्यलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्ने र त्यसका लागि घरेलु तथा साना उद्योग कार्यालयलाई मन्त्रालयबाट विशेष सहयोग रहिरहने बिचार व्यक्त गरे! कार्यालय प्रमुख राम प्रसाद ज्ञवालीले संचालन गरेको उक्त कार्यक्रममा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यम बहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए।