युनाइटेड इङलिस बोर्डिङ स्कुलको १२ औ स्थापना दिवसको अवसरमा खाना महोत्सव तथा होलि मिलन

मेचीकाली संवाददाता

४ चैत्र २०७८, शुक्रबार
426 shares


तुलसीराम पौडेल
फर्साटिकर, चैत ४
रुपन्देहीको बुटवल -१८ दुबौली स्थित युनाइटेड इङलिस बोर्डिङ स्कुलको आफ्नो विद्यालयको १२ औ स्थापना दिवसको शुभ अवसरमा खाना महोत्सव तथा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ।बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उक्त कार्यक्रम उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले अभिभावक एव शिक्षकले बालबालिकाको रुचि क्षमताको पहिचान गरि जिवनपयोगी शिक्षा दिनुपर्ने बताउनु भयो । साथै विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य समेत प्रस्तुत गरेका थिए ।
युनाइटेड इङलिस बोर्डिङ स्कुलका प्राचार्य रामकृष्ण खनालको अध्यक्षता एवं अध्यक्षबाट स्वागत तथा कार्यक्रमको औचित्यमाथी प्रकाश रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र रेप्सा रुपन्देहीका अध्यक्ष कमल पौडेलको बिशिस्ट आतिथ्यता रहेकोे थियो।
कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष कुलराज शर्मा ,विद्यालयका निवर्तमान शेयर सदस्य गुरु पङ्गेनी ,विद्यार्थी पुर्णिामा अर्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको संचालन शिक्षक द्वय उदयराज न्यौपाने र डुक बहादुर कुमालले गरेका थिए ।