श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिताको फाइनलमा शिवज्योती सामाजिक केन्द्र र ध्रुवतारा युवा क्लबA बीच भिडन्त हुने

मेचीकाली संवाददाता

६ चैत्र २०७८, आईतवार
451 shares


तुलसीराम पौडेल
सियारी, चैत ६

रुपन्देही स्थित सियारी खेलकुद विकास समितिको आयोजनामा संचालित श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता अन्तरगत शनिबार अन्तिम सेमिफाइनल प्रतियोगिता सम्पन्न भयो। सेमिफाइनल पहिलो खेलमा ध्रुवतारा A भर्सेस सनराइज युवा क्लब A बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा ध्रुव तारा युवा क्लब A फाइनलमा प्रवेश गरेको छ। पहिलो ब्याटिङ गर्दै ध्रुव तारा युवा क्लब A ले ९ विकेट गुमाएर २०५ रन बनाउन सफल भयो ।प्रतिस्पर्धी सनराइज युवा क्लब A ले २०६ रनको लक्ष्य पछ्याउँदै सबै विकेट गुमाइ १७५ रन मात्र बनाउन सफल भयो।लक्ष्य हासिल गर्न नसकेको सनराइजले ३१ रनले पराजित हुनुपर्‍यो ।
ध्रुव तारा युवा क्लब A का कृष्ण पोख्रेल ८३ रन ब्याटबाट बलिङ्ग गर्दै ३ विकेट हासिल गरि म्यान अफ द म्याच घोषित भएका थिए ।
सेमिफाइनल सम्पन्न दोस्रो खेलमा शिवज्योती सामाजिक केन्द्र भर्सेस छपिया क्रीकेट क्लब बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा शिवज्योती सामाजिक केन्द्र विजयी भएको छ।पहिलो ब्याटिङ गर्दै छपिया क्रीकेट क्लबले सबै विकेट गुमाएर १६९ रन बनाउन सफल भयो ।१७० रनको लक्ष्य पाएको शिवज्योती सामाजिक केन्द्रले ६ विकेट गुमाएर १७० रनको लक्ष्य नै प्राप्त गरि फाइनलमा प्रवेश गर्न सफल भयो। शिवज्योती सामाजिक केन्द्रका सन्देश सिलवालले ५८ रन र ३ विकेट बाट म्यान अफ द म्याच घोषित भएका छन् । श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिताको फाइनल खेल चैत ८ गते मंगलवार सम्पन्न हुने सियारीका क्रीकेट खेल प्रशिक्षक घनश्याम थारुले जानकारी दिनुभयो ।