शुद्धोधन–२ मा एमालेको प्रचारप्रसार कार्यलय स्थापना, ५४ जना एमालेमा प्रवेश

मेचीकाली संवाददाता

६ चैत्र २०७८, आईतवार
386 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोेधन गाउँपालिका वडा नं.२ मा नेकपा एमालेको प्रचारप्रसार कार्यलय स्थापना गरिएको छ । कार्यालयको नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीले उद्घाटन गरेका हुन् । साही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा ५४ जना प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै चौधरीले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि विभिन्न वडामा चुनावी माहोल सिर्जना गर्नुपर्ने बताए । पार्टीलाई विश्वास गरेर पार्टी प्रवेश गरेकाहरुलाई शुभकामना दिदै नेकपा एमाले देशकै एक निर्विकल्प पार्टी रहेको उल्लेख गर । अब गाउँगाउँ टोलटोलसम्म पार्टीको नेतृत्वले देशलाई दिएको योगदानको बारेमा जानकारी गराउनुपर्ने उनले बताए ।

नेकपा एमालेका जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले समृद्ध नेपाल सुखी नेपालीको मुलमन्तर लाई नेकपा एमालेले सधै जपिरहने बताए । अबको आउदो निर्वाचनमा सबैले आफ्नो आफ्नो स्थानबाट महत्तवपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेकपा एमाले पार्टी रुपन्देही सदस्य तथा क्षेत्र नं, ३ संयोजक नरबहादुर घर्ती, नेकपा एमाले शुद्धोधन गाउँपालिका कमेटीका अध्यक्ष विष्णु गौतम, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा नेकपा एमाले पालिका सचीव राजेन्द्र कंडेल, नव प्रेवेशिक रामु तेली, नेकपा एमाले शुद्धोधन सचिवालय सदस्य कमलराज काफ्ले, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

नेकपा एमाले शुद्धोधन–२ वडा कमेटीका अध्यक्ष दुर्गा खनालको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले शुद्धोधन–२ वडा कमिटी उपाध्यक्ष होमबहादुर केसीको स्वागत र नेकपा एमाले शुद्धोधन–२ वडा कमेटी सचिव जगतबहादुर सापकोटाको संचालनमा कार्यक्रम भएको थियो ।