निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

६ चैत्र २०७८, आईतवार
456 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउपालिका–२ भुजौली स्थित ख बनगाई स्वास्थ्य चौकीमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंको आयोजना र शुद्धोधन गाउँपालिकाको सहयोग एवं समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले उक्त शिविरको उद्घाटन गरेका थिए । सो अवसरमा उनले शुद्धोधन गाउँपालिकाको समग्र विकासको लागि आफ्नो महत्तवपूर्ण भुमिका रहने बताए । गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले नेपाल प्रहरी अस्पतालको आयोजनामा गरिएको बृहत स्वास्थ्य शिविरबाट गाउँपालिकाका धेरैले लाभ लिने बताउँदै योजनाकार नेपाल प्रहरी अस्पतालका प्रमुख लगायतका प्रतिनिधिहरुलाई धन्यवाद दिए ।
शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागत मन्तव्य रहेकोे थियो ।

कार्यक्रममा नेपाल प्रहरीका डिआइजी प्रकाश अधिकारी, शुद्धोधन–२ का वडा अध्यक्ष बिष्णुप्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त स्वास्थ्य शिविरमा ६२५ सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएका थिए । कार्यक्रमको संचालन खडवा बनगाइ स्वास्थ्य चौकी इन्चार्ज मदन पोख्रेलले गरेका थिए ।