

नेत्र गैरे
पाल्पा । नेकपा एमाले नेता तथा यूवा संघ नेपालका केन्द्रिय सचिव तुल बहादुर अधिकारीले आफ्नी स्वर्गिय धर्मपत्नी प्रतिक्षाको सम्झनामा प्रेस चौतारी नेपाल पाल्पा अन्र्तगत पत्रकारीता अक्षयकोष स्थापना गरेका छन् ।
अधिकारीले जिवन सङ्गिनी स्व .प्रतिक्षा अर्याल अधिकारीको जन्मदिन तथा बैबाहिक बर्षगाँठको अवसरमा प्रतिक्षा अर्याल अधिकारी पत्रकारीता पुरस्कार स्थापना गरेको सार्वजनिक गरेका छन् । अधिकारीले आफ्नी श्रीमती प्रतिक्षा भौतिक रुपमा टाढा भएको पनि करिव १० महिना पुग्न लागेको भन्दै हामी माझ भौतिक रुपमा संगै नभएपनि सम्झना र पारिवारिक जीवनमा तथा समाजमा गरेको योगदानलाई सधैँ सधैँ स्मरण गरिरहन र सामाजिक सेवाभावको सम्मानका लागि सम्झना स्वरुप अक्षयकोष स्थापना गरेको बताएका छन् ।

अधिकारीले ५५ हजार ५ सय ५५ रुपैंया बराबरको प्रतीक्षा अर्याल अधिकारी पत्रकारीता अक्षयकोष स्थापना गर्ने निर्णय गरेको यसका लागि आवस्यक सरसल्लाह र सहजिकरण गरिदिनुहुन प्रेस चौतारी नेपाल पाल्पालाई अनुरोध गर्नुभएको छ । बि.सं २०४५ साल चैत्र ०७ गते जन्मिएकी स्वर्गिय प्रतीक्षा अर्याल अधिकारीको कोभिड १९ का कारण २०७८ जेठ १६ गते निधन भएको थियो ।
स्वर्गिय प्रतिक्षा सामाजिक क्षेत्रमा सक्रिय रहदै लायन्स क्लव अफ बुटवल डाइनामिक लेडीको रुपमा कृयाशिल रहेको पारिवारीक स्रोतले जनाएकोछ । नेता अधिकारीले स्थापना गरेको अक्षयकोषको राशी अहिले सम्म कै ठूलो रहेको र समय सापेक्ष अक्षयकोषमा बृद्धि गर्दै जाने उनको भनाई थियो ।