गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसमा दिप प्रज्वलन

मेचीकाली संवाददाता

७ चैत्र २०७८, सोमबार
336 shares

बुटवल । नेपाल बिद्यार्थी संघ सिदार्थ गौतम बुद्व क्याम्पसले स्वर्गिय गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृती दिवसको अबसरमा दिप प्रज्वलन गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल नेपाल विद्यार्थी सघं सिदार्थ गौतम बुद्व क्याम्पसका ईकाई सभापति महेश पौडेलले बिगत देखि नै स्वर्गिय नेता कोइरालाको स्मृतीमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । नेपाली कांग्रेस अहिले पनि बिपिले देखाएको बाटोमा हिँडेको बताउँदै कोइरालाले नेपाली राजनीतिमा ठुलो भुमिका खेलेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य जमुना ढकालले गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको ईतिहासमा महत्वपूर्ण भुमिका निभाएको बताइन । नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्य अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताइन ।

कार्यक्रममा नेविसंघ पुर्व केन्द्रीय सदस्य टंक पाण्डे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सभापति महेश पौडेलको अध्यक्षता तथा सचिव दिपक घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।