शुद्धोधन–३ मा नेकपा एमालेको प्रचारप्रसार कार्यालय स्थापना

मेचीकाली संवाददाता

८ चैत्र २०७८, मंगलवार
491 shares

नगेन्द्र केसी
शुद्धोधन। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ मा निर्वाचनलाई लक्षित गर्दै वडाको दोगानमा प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।

नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीले उद्घाटन गर्दै शुद्धोधन गाउँपालिका नेकपा एमालेको लालकिल्ला भएको बताए । आगामी निर्वाचनमा यहाँ बिजयी हुन नसकेमा नेकपा एमालेलाई ठुलो क्षति हुने उनले बताए । देशको बिकास निर्माण गर्ने पार्टी एमाले मात्रै रहेको उनले दावि गरे ।

शुद्धोधन–३ का अध्यक्ष हेम खड्काले आफु नेकपा एमालेबाट जनप्रतिनिधि भएपछि वडामा आमूल परिवर्तन आएको बताए । आफ्नो कार्यकालमा वडामा ४६ किमि सडक कालोपत्र गरेको बताउँदै यो क्षेत्रमा सम्भवत आफ्नो वडा खगाडी रहेको दाबी गरे । एमालेलाई पुन निर्वाचित गराई वडालाइ सम्बृद्ध बनाउन आग्रह गरे ।

नेकपा एमाले रुपन्देही सदस्य तथा क्षेत्र नं ३ संयोजक नरबहादुर घर्ती, नेकपा एमाले शुद्धोधन गाउँपालिका कमेटीका अध्यक्ष विष्णु गौतम, नेकपा एमाले जेष्ठ नागरिक अग्रज नवराज भट्टराई, जिल्ला कमिटी सदस्य गोबिन्द घिमिरे लगायतले मन्तव्य राख्दै आउँदो निर्वाचनमा एमालेमय बनाउनुपर्नेमा जोड दिएका थिए ।

पार्टी वडा कमिटी अध्यक्ष चेतनारायण गौतमको अध्यक्षता, पार्टी केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरीको प्रमुख आतिथ्यता, जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको विशिष्ट अतिथिता, पार्टी नेता मणिप्रसाद खनालको स्वागत तथा नेपाल राष्ट्रिय बुद्धिजिवी परिषद रुपन्देही सदस्य कृष्ण काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।