महिलाहरुले मिहिनेत गर्नसके आर्थीक अवस्था सुधारिने

मेचीकाली संवाददाता

८ चैत्र २०७८, मंगलवार
496 shares

पार्वती आचार्य
कपिलवस्तु । ज्याकेट, वाइन्डचिटर तथा ट्रयाक सुट बनाउने तालिम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा नं. ४ को आयोजनामा फागुन ४ गतेदेखि शुरु गरिएको ज्याकेट, वाइन्डचिटर तथा ट्रयाक सुट बनाउने तालिम मंगलबार सम्पन्न गरिएको हो ।

कार्यक्रममा वाणगंगा नगरपालिका मेयर मंगलप्रसाद थारुले महिलाहरुले आफ्नै मिहिनेतबाट घरमै बसेर आर्थिक पक्ष सुधार गर्न सकिने बताए । विपन्न, एकल र दलित सिप विकास तालिम तथा सामग्री वितरण कार्यक्रमका लागि ज्याकेट, वाइन्डचिटर तथा ट्रयाकसुट बनाउने तालिमको समापन गर्दै उनले यस्तो बताएका हुन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गदै सिपलाई व्यवसायिक बनाउनसमेत आग्रह गरे ।

यसैगरी गजेहडा टोल विकास संस्थाका अध्यक्ष भोजराज आर्चायले तालिमबाट सिकेका सिपहरुलाई व्यवहारमा ल्याउन अनुरोध गर्दै नयाँ किसिमका सामाग्रीहरु उत्पादन गर्न आग्रह गरे । आगामी कार्यकालमा आफू रहे नरहे पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
मानव अधिकारका लागि महिला एकल महिलाका अध्यक्ष रुपादेवी राईले एकल महिलाहरुका समस्याहरुलाई बुझेर विभिन्न कार्यक्रमहरु संचालन गरी महिलाहरुलाई सिप सिकाउँदै आईरहेको भन्दै वडा कार्यालयलाई धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि महिलाहरुको सिप र क्षमतालई टिकाउन र ब्यबसायी बनाउन वडाले सहयोग गर्नुपर्ने बताइन् ।

यसैगरी बुद्ध दर्पण राष्ट्रिय दैनिकका सम्पादक पार्वती पाण्डेले एक महिना सम्म सिकेको सिपलाई व्यवहारमा ल्याउन सके महिलाहरुको आर्थिकमा बृद्धि हुने र महिलाहरु आर्थिक हिंसामा नपर्ने बताइन् ।
वडा अध्यक्ष गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा वडा सदस्य अस्मिता नेपालीको स्वागत मन्तव्य तथा वडा सदस्य इन्दिरा पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा वडा सदस्य क्रिषिराम थारु, चित्रबहादुर खाण, टेल विकास संस्थाका अध्यक्षहरुलगायत तालिमका सहभागि महिलाहरुको उपस्थिति रहेको थियो । विपन्न, एकल र दलित गरी २५ जना महिलाहरुलाई सिप विकास तालिमको सहजी करण ओमप्रकाश थारुले गरेका थिए

यस्तै वडा नं. ४ को वडा कार्यालयले अहिले सञ्चालन भैरहेको कपिलवस्तु महोत्वसवमा व्यवसायिक रुपमा उद्यमी गर्दै आएका महिला दिदिबहिनीका लागि ३ वटा स्टल निशुल्क रुपमा उपलब्ध गराएको वडा कार्यालयले जानकारी दिएको छ ।