नवौं फर्साटिकर कपको तयारी पूरा

मेचीकाली संवाददाता

१० चैत्र २०७८, बिहीबार
637 shares

नगेन्द्र केसी
भुजौली, चैत १० । फर्साटिकर युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु हुने नवौं फर्साटिकर कपको तयारी पूरा भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै रुपन्देहीसहित पाल्पा, नवलपरासी, चितवन गरी १२ टिमको सहभागीता रहने क्लबका अध्यक्ष मुकेश कुवँरले जानकारी दिए । ट्राइगर ब्रुअरी मुख्य प्रायोजक रहेको प्रतियोगितामा शुद्धोधन गाउँपालिकाले पनि सहयोग गरेको छ ।

चैत १२ देखि २६ गतेसम्म फर्साटिकर माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामन उपाधि विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उपविजेता टिमलाई नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष कुँवरले जानकारी दिए । प्रतियोगितामा सहभागी भई विधागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि पुरस्कार प्रदान गरिने खेल संयोजक आशिष कार्कीले बताए ।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार ५ सय ५५ रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कपबाट पुरस्कृत गरिने कार्कीले बताए । १५ हजार दर्शकले खेलअवधि भर अवलोकन गर्ने प्रचारप्रसार संयोजक टेकु भडारीले बताए । खेल सञ्चालनका लागि १६ लाख लागत अनुमान गरिएको छ । पहिलो खेल भैरव एफसी र फर्साटिकर निलोका बिचमा खेल हुनेछ ।