जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध प्रशिक्षण

मेचीकाली संवाददाता

११ चैत्र २०७८, शुक्रबार
478 shares

नगेन्द्र के.सी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.२ कोलुवा खैरेनीमा जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध प्रशिक्षण एवं अन्तक्र्रिया सम्पन्न भएको छ । दलित सिर्जनशील वर्ग उत्थान समिती शुद्धोधनको आयोजना तथा शुद्धोधन गाउँपालिका रुपन्देहीको सहयोगमा भएको कार्यक्रममा इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले प्रशिक्षण प्रदान गरेकी थिइन् ।

जातियताको नाममा हुने भेदभाव तथा लैङ्गिक हिंसाको नाममा हुने गरेका विभिन्न किसिमका विभेद, समाधानका उपाय र चुनौतीको विषयमा प्रशिक्षण प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै एमाले पूर्वकेन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्माले जातीय र लैङ्गिक नाममा हुने हिंसा अझैपनि व्याप्त रहेको भन्दै यसको न्यूनीकरणका लागि समग्र दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

समाजमा पिछडिएका क्षेत्रका व्यक्तिहरुलाई उत्पादनमा जोड दिई आत्मनिर्भर बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवालीले दलितहरुको उत्थानका निम्ति गाउँपालिले सधै सहयोगी भूमिका खेलेको स्मरण गर्दै जातियता र लिङ्गको नाम्ममा हुने विभेद जनचेतनाको अभावमा भएको बताउदै गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय संयोजक नरबहादुर घर्ती, युवा सांघ नेपाल केन्द्रिय सदस्य किरण नेपाल, एमाले नेता तथा वडा न ५ अध्यक्ष पुण्यराम गौतमलगायतको उपस्थिति रहेको थियो ।

आयोजक समिति अध्यक्ष मोतिलाल सुनारको अध्यक्षता, एमाले पूर्वकेन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यता, एमाले जिल्ला सदस्य तथा शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, नेत्री तथा पालिका उपाध्यक्ष शान्त्तादेवी ज्ञवालको विशिष्ट आतिथ्यता, वडा न.४ वडासदस्य पूजा दमाईको स्वागत तथा कमिटी अध्यक्ष चद्रबहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।