जातिय विभेद र छुवाछूत मुक्त राष्ट्रिय दिवसका लागि पालिकाले रकम बिनियोजन गर्नुपर्नेमा जोड

मेचीकाली संवाददाता

१२ चैत्र २०७८, शनिबार
536 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । जातिवाद विरूद्व कार्वाहीका लागि आवाज भन्ने मुल नाराका साथ ५७ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा छुवाछूत उन्मुलन दिवस कपिलवस्तुको बुड्ढीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । आयोजित कार्यक्रममा बोल्ने सहभागिहरूले जेठ २१ गतेको छुवाछूत मुक्त राष्ट्रिय दिवस, मार्च २१ को अन्तर्राष्ट्रिय जातिय विभेद तथा छुवाछूत उन्मुलन दिवस मनाउनका लागि प्रत्येक पालिकाले न्युनतम एक कार्यक्रम बराबर रू.५० हजार बिनियोजन गर्नुपर्ने बताए ।

सो रकमले दिगो बिकासका लागि लक्ष्य हाँसिल गर्न टेवा पुग्ने कुरामा जोड दिएका छन् । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गौतम बुद्व उच्च मा.बि.का प्राचार्य शिशिर प्रसाद अर्याल बुद्वभुमि नगरपालिका शिक्षा शाखा अधिकृत भट्टराई लगायतले जातिय विभेद अन्त्य नभए सम्म समाज परिवर्तन नहुने बताउदै जातिय विभेद समाजको बाधक रहेकाले यसलाई सबैले चिरफार गरेर लैजानु पर्ने बताए ।

सबै दलित शिक्षित हुदै एक जुट भएर लाग्नु पर्ने उनले बताए । कार्यपत्र प्रस्तुत कर्ता सजय पासीले कानुनमा लेखिएका कुराहरू अक्षरस पालन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा आयोजकले जेष्ठ तथा समाजसेवी ५५ जना महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भने ७ ओटा स्थानिय तह सहित सामाजिक संस्थालाई समेत कदर पत्रले सम्मान गरेको थियो । ३ सय बढि सहभागी रहेको कार्यक्रम ७ पालिकाको साझेदारी बुद्वभुमि नगरपालिकाको सहयोग र दलित स शक्तिकरणको आयोजना रहेको थियो ।

उक्त कार्यक्रम दलित जनजागरण सेवा संघका अध्यक्ष रणबहादुर सुनारको अध्यक्षता, लुम्बिनी पर्यटन ग्रामीण तथा शहरी बिकास राज्य मन्त्री रिना नेपाल (बि.क.)को प्रमुख आतिथ्यता, शेरबहादुर बि.कको टिप्पणी तथा स्वागत मन्तब्य र दलित सशक्तिकरण संस्थाका अध्यक्ष डम्बर सिंह सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।