पाल्पालाई ढाका राजधानी घोषणा

मेचीकाली संवाददाता

१२ चैत्र २०७८, शनिबार
546 shares


नेत्र गैरे
तानसेन । पाल्पालाई ढाका राजधानी घोषणा गरिएको छ । तानसेनमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश कानुन महिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले ढाका राजधानीको उद्घाटन गर्दै पाल्पा जिल्ला ऐतिहासिक र सांस्किृतिक स्थल रहेको र यहाँ उत्पादित करुवा र ढाकालाई अन्र्तराष्ट्रिय बजारसम्म पहिचान गराउनु पर्ने बताईन । उनले ढाका उत्पादकहरुको मनोबल बृद्धि गर्न र ढाका बुन्ने महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउन संघिय, प्रदेश र स्थानिय सरकार बिच सहकार्य हुनुपर्ने बताईन ।


तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले ढाका राजधानी घोषणा गर्दैमा पुर्णता नहुने हुँदा घोषणालाई सार्थकता दिन ठोस कार्ययोजना बनाई अघि बढ्नुपर्ने बताए । उनले एकल, गरिव महिलाहरुको उत्पादनमा सहभागिता रहेकोले उनीहरुको समृद्धिमा ठोस कार्यक्रम बनाउनु पर्ने बताए । स्थानियस्तरमा उत्पादित र बाहिरबाट ल्याइएका उत्पादनलाइ छुट्टा छुट्टै स्टलबाट बिक्रि गर्ने व्यबस्था मिलाए मात्र स्थानिय उत्पादनको माग र महत्व बढ्ने प्रमुख शाहीको भनाई थियो ।


घोषणा कार्यक्रमका सह आयोजक उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिब नारायण प्रसाद शर्मा दुवाडीले ढाका राजधानी घोषणाले औद्योगिक प्रवर्धनमा खुसी साथै चुनौती थपिएको र यो सफलताको प्राप्ती नभै लक्ष्य रहेको बताए ।


तानसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा ढाका परियोजना कोअर्डिनेटर सागरमान महर्जनले ढाका र पाल्पा प्रर्यायबाची रहेको र हाल ३ सय ५० भन्दा बढी तान संचालनमा आएको बताए । उनले हाल ३ सय ६५ जनालाई तालिम दिइएको र आउदो २ बर्ष भित्र १३ सय भन्दा धेरैलाई तालिमप्राप्त बनाइ उत्पादनमा सहजता ल्याउने बताए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पाल्पामा ढाकाको उत्पादनलाई गाउँ गाउँसम्म पु¥याउनुपर्ने राय व्यक्त गरे ।
यसै अबसरमा ढाका उद्यमी पूर्णमाया महर्जन, हरि रायमाझी, मनोजराज पौडयाल, हरिकृष्ण कार्की, नारायण गोपाल पाण्डेय, सरस्वती भट्टराई, सन्तमान श्रेष्ठ लगायतलाइ सम्मान समेत गरिएको थियो ।


पाल्पा जिल्लामा २०१५ सालदेखि ढाका बुन्न थालिएको र यसको शुरुवात स्व. गणेशमान महर्जनबाट गरिएको थियो ।
तानसेन नगरपालिका र उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालय आयोजना, यूके एड (सिप) को सहयोग र पाल्पाली ढाका संघको व्यवस्थापनमा घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।