अखिल नेपाल महिला संघ पाल्पाको १० औ जिल्ला अधिबेशन सम्पन्न

मेचीकाली संवाददाता

१३ चैत्र २०७८, आईतवार
542 shares


नेत्र गैरे
अखिल नेपाल महिला संघ पाल्पाको १० औ जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले गीता पाण्डयेको अध्यक्षतामा ६१ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा तुलसा पाण्डये र दुर्गादेवी राना सचिवमा मिना जि.सी.चयन भएका छन भने सहसचिवमा बिमला बस्याल र कोषाध्यक्षमा बिना के.सी. चयन भएको नव निर्वाचित सचिव मिना जि.सीले बताइन ।


जिल्ला अधिवेशनमा प्रमुख अतिथि नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेले अनेमसंघले राष्ट्र निर्माण र राजनैतिक सामाजिक रुपान्तरणका लागी खेलेको भुमिकाको प्रशंसा गर्दै जातीय, सामाजिक बिभेदमा महिला अब उप मात्र होइन प्रमुख हुने आवाज उठाएको छ यो अनेमसंघको आवाज एमालेको पनि आवाज हो भन्दै महिलालाइ प्रमुख पद दिनु पर्ने एमालेको राष्ट्रको र समग्रताको आवाज भएको बताए ।


उनले अहिले देशी तथा बिदेशी शक्तिले देशलाइ भुमरीमा पार्न खोजेकोले देशलाइ बचाउन देशको स्वाधीनता , जनजीबिकाकोलागी , महिला बालबालिका, अपाङ्गता एकल महिला लगाएत सर्बहारा श्रमजीवीले जित्नका लागि एमालेले जित्नु पर्ने बताए । हामीले खोजेको समुन्नत समाज निर्माण गर्न देशको भुमि फिर्ता ल्याउन देशका एजेन्डाले जित्नका लागी एमाले जित्नु पर्ने बताए ।


अनेमसंघ केन्द्रिय सचिवालय सदस्य इन्दिरा गहतराज महिलाहरुले राज्य को विभिन्न परिवर्तनमा अग्रणी भुमिका निर्बाह गरेको बताइन ।
लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य नारायण बहादुर जिसि परिस्थिति बाट बाहिर आउन शिक्षा स्वास्थ रोजगारी ,जनजिबिकाका एजेन्डाले जित्न समाज रुपान्तरण गर्न , देशले जित्न , देशको स्वाधीनताले जित्नका लागि एमाले ले जित्नु पर्ने र त्यसको लागि महिलाहरुको अहम् भुमिका रहने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अशोक कुमार शाही एमाले लाइ चौतर्फी घेराउ गरिएको बेला र जसरि हुन्छ एमाले हराउने भन्दै लागीरहेको अहिलेको अबस्थामा एमालेको लाल किल्ला पाल्पा बनाउन कृयाशिल हुन आबश्यक रहेको भन्दै अहिले एमाले मा जन चाहाना बढेको बताए ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले बोल्दै सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी नेकपा एमाले भन्दै सौहाद्र पुर्ण वातावरणमा सम्पन्न गर्न शुभकामना दिनु भएको छ ।
संविधान सभा सदस्य नारायणी शर्माले हाल संविधानमा महिलाको अधिकारका बिषयमा बोल्दै महिला माथिका हिंसा अन्त्य गर्न र संबिधानमा उल्लेख गरिएको बिषयलाइ कार्यान्वयन गर्न समाजलाइ न्याय सङ्गत गर्दै समाज रुपान्तरणका लागी एमाले आबश्यक रहेको बताइन ।


कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य लक्ष्मि पाठक पार्टी जिल्ला सहसचिब सुनिता शर्मा अनेमसंघ केन्द्रिय सदस्य तथा सस्थापक अध्यक्ष उर्मिला शर्मा पार्टी नगर उपाध्यक्ष शशि श्रेष्ठ अनेमसंघ प्रदेश कमिटी सदस्य सरस्वती चिदि लगायतले आफ्ना भनाइ राखेका थिए ।


कार्यक्रममा अग्रज अनेमसंघ महिला नेताहरुलाइ सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संविधान सभा सदस्य नारायणी शर्मा ,उर्मिला शर्मा , लक्ष्मि पाठक , कमला भाट , सुमित्रा शाहि, बुद्ध लक्ष्मी श्रेष्ठ , काशिका गैरे, लालुमाया पोखरेल , इन्द्रा गहतराज , लक्ष्मी ज्ञवाली ,मिना ढुंगाना , मुना रायमाझी , बिमला केसी बसन्ता ज्ञवाली रहेका छन् ।