फर्साटिकर युवा क्लबको आयोजनामा ९ औ फर्साटिकर कप शुरु

मेचीकाली संवाददाता

१३ चैत्र २०७८, आईतवार
466 shares


तुलसीराम पौडेल
फर्साटिकर, चैत्र १३
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा ९ औ फर्साटिकर कप प्रतियोगिता फर्साटिकर माविको खेलमैदानमा शनिबारदेखि शुरु भयो ।शनिबार भैरब एफसी नवलपरासी भर्सेस फर्साटिकर युवा क्लब निलो बिच प्रतिस्पर्धा भएको थियोे ।प्रतिस्पर्धामा भैरब एफसी नवलपरासीले २ का विरुद्ध ३ गोलको अन्तरले बिजयी भएको छ।शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच भैरव एफसी नवलपरासीका मनिष चौधरी घोषित भएका छन ।एनफा केन्द्रिय सदस्य एवं रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसीले म्यान अफ द म्यान पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता,शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा शुद्दोधन गाउपालिका वडा नम्बर -४ का अध्यक्ष राजेन्द्र कंडेल ,वडा नम्बर -२ का अध्यक्ष बिष्णु प्रसाद बस्याल ,लुम्बिनी प्रदेश खेलकुद खेलकुद परिषद सदस्य जयप्रकाश भट्टराई , फर्साटिकर युवा क्लबका संरक्षक चक्रबहादुर कुवर,यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका अध्यक्ष रमेश खनाल ,फर्साटिकर माविका अध्यक्ष नर बहादुर घर्ती ,फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल लगायत स्थानीय समाजसेवि , बुद्धिजीवी , राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियोे ।
क्लबका उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लबका प्रतिनिधि मित्रबन्धु गौडेलले गर्नुभएको थियो ।