नवौँ फर्साटिकर कप सुरु

मेचीकाली संवाददाता

१३ चैत्र २०७८, आईतवार
736 shares

नगेन्द्र केसी
भुजौली । फर्साटिकर युवा क्लबको आयोजनामा नवौँ फर्साटिकर कप २०७८ सुरु भएको छ । शनिबार शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले उद्घाटन गरे । उद्घाटन खेलमा आयोजक निलोलाई पराजित गर्दै भैरव फुटबल क्लब नवलपरासी विजयी भएको छ ।

भैरवले फर्साटिकरलाई ३÷२ ले पराजित गर्दै जित निकालेको हो। खेलको ४ मिनेटमा फर्साटिकरका बिमल रानाले गोल पहिलो गोल गरे भने भैरवका महेश चौधरीले ३० औं मिनेटमा गोल गरेर खेल पहिलो हापमा बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा भैरवका सन्दिप रेग्मी र खेम चौधरीले खेलको ५९ मिनेट र ६५ मिनेटमा गोल गरे भने फर्साटिकरका अभतार थापाले खेलको ७४ औं मिनेटमा गोल गरेपनि टिमलाई जिताउन सकेनन।भैरव फुटबल क्लबका मनिष चौधरी म्यान अफ द म्याच घोषित भए ।

कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष एंव पालिका प्रवक्ता राजेन्द्र कंडेलले फर्साटिकर फुटबलको हब भएको बताउदै खेलकुदले समग्र क्षेत्रको विकास भएको बताए । फुटबलले शुद्दोधन गाउँपालिकाको पहिचान पनि बेग्लै स्थापित गरेको बताउदै खेलकुदको विकासमा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रम फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, एन्फा केन्द्रिय सदस्य तथा रुपन्देही फुटबल संघ अध्यक्ष दिर्घबहादुर केसि, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य जयप्रकाश भट्टराई, क्लब संरक्षक चक्रबहादुर कुँवर, शुद्धोधन गाउँपालिका वडा नं. ४ का अध्यक्ष राजेन्द्र कंडेल, वडा नं. २ अध्यक्ष विष्णुप्रसाद बस्याल, फर्साटिकर मावी सञ्चालक समिति अध्यक्ष नरबहादुर घर्तीं, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस सञ्चालक समिती अध्यक्ष रमेश खनालको बिशिष्ट आतिथ्यता, क्लब उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत मन्तव्य तथा क्लबका प्रतिनिधि मित्रबन्धु गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

शनिबारबाट सुरु भएको प्रतियोगिता चैत्र २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताक उपाधि विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन । यसैगरि उपविजेता टिमलाई नगद १ लाख २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कार राशी रहेको छ ।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार ५ सय ५५ रुपैया, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित कपबाट पुरस्कृत गरिने खेल संयोजक आशिष कार्कीले बताए ।
आइतबार झरना स्पोर्ट्स कुञ्जलापुर र मुर्गिया फुटबल क्लब सैनामैना बिच खेल हुनेछ ।