सदस्य सचिव शिलवाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष आचार्य सहित टिमद्धारा सेमलारको कभर्ड हलको निरीक्षण

मेचीकाली संवाददाता

१३ चैत्र २०७८, आईतवार
582 shares

बुटवल । बुटवल–१५ सेमलारमा निर्माण भएको सुविधासम्पन्न कभर्ड हलको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल र मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्य सहितको टोलीले आइतबार निरीक्षण गरेको छ ।

उक्त कभर्ड हल सबैजसो ‘इन्डोर गेम’ खेल्न मिल्न बुटवल उप–महानगरपालिकाले निर्माण गरेको हो । निरीक्षणसँगै उनीहरुले खेलाडी र जनप्रनिधिहरुसँग छलफल पनि गरेका थिए ।
सो अवसरमा शिलवालले खेल क्षेत्र र कभर्डहलको थप विकासका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कभर्डहललाई एकेडेमीका रुपमा विकास गरी खेलाडी उत्पादन गर्नुपर्नेमा शिलवालको जोड थियो ।

सेमलारमा निर्माण गरिएको यसक्षेत्रकै ठूलो कभर्डहल हो । दुई करोड बराबरको लागतमा उपमहानगरले कभर्डहल निर्माण गरेको हो । कभर्डहलमा एकैपटक चारवटा कोर्टमा प्रतिस्पर्धा र इण्डोर गेमका अधिकांश प्रतिस्पर्धा गराउन मिल्ने कभर्डहल निर्माण समितिका अध्यक्ष बिनोद आचार्यले जानकारी दिए ।