विशाल जनसभालाई सम्बोधन गर्न सोमबार केपी ओली कपिलवस्तु आउने

मेचीकाली संवाददाता

१३ चैत्र २०७८, आईतवार
361 shares

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपी शर्मा ओली चैत्र १४ गते सोमबार तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभालाई सम्बोधन गर्न आउने भएका छन् ।

एमाले कपिलवस्तुले उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । सोमवार ओलीले प्रतिनिधी सभाका सांसद, प्रदेश सभा सांसद, वडा अध्यक्ष लगायतका नेता, कार्यकर्तालाई ठुलो संख्यामा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

विशाल सभालाई एमालेका उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्रि तथा अर्थमन्त्रि विष्णु पौडेल, पार्टीका महासचिव शंकर पोख्रेल लगायतका प्रभावशाली नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिए । एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा तौलिहवाको बुद्ध पद माविमा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभामा उपस्थितीका लागि सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेका छन् ।

अध्यक्ष शर्माले पार्टीका अध्यक्ष, पूर्व प्रधानमन्त्रि एवम् पार्टीका प्रभावशाली नेताको आगमनले कपिलवस्तुको समग्र विकासका निम्ति निकै अर्थपूर्ण रहने बताए । विशाल जनसभामा करिव ३३ हजारको सहभागिता हुने दावी गरिएको छ ।