माओवादीलाई जनताले निर्णायक शक्ति बनाउने छन् : पहाडी

मेचीकाली संवाददाता

१५ चैत्र २०७८, मंगलवार
291 shares

बुटवल । नेकपा माओवादी केन्द्र देशको परिवर्तनकारी शक्ति भएकाले आगामी निर्वाचनमा जनताले निर्णायक शक्ति बनाउने संविधानसभा सदस्य बिनोद पहाडीले बताए ।

मंगलबार सैनामैनामा पार्टीको चुनावी कार्यालय उद्घाटन गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोग का सदस्यसमेत रहेका पहाडीले मुलुक माओवादीको एजेन्डामा चलिरहेकोले जनता ले माओवादी लाई बलियो शक्ति प्रदान गर्ने बिश्वास व्यक्त गरे । उनले संघीयता, गणतन्त्र र समावेशीकरणका मुद्दा उठाएर जतनालाइ अधिकार दिलाएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महतले सैनामैनाको बृहत् विकासको अवधारणा माओवादीसँग भएको बताए । कार्यक्रममा दिपिका शर्मा, शान्ति बराल, जानकी शर्मा धनबहादुर विक, बेदराज भण्डारी लगायतले मन्तव्य राखेका थिए भने मुकुन्द दुधराजको अध्यक्षता, हुमबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।