रिब्दीकोट गाउँपालिकाको नयाँ प्रशासकिय भवन उद्घाटन सम्पन्न

मेचीकाली संवाददाता

१५ चैत्र २०७८, मंगलवार
428 shares


नेत्र गैरे

पाल्पा । रिब्दीकोट गाउँपालिकाले नयाँ प्रशासकिय भवन निर्माण सम्पन्न गरेर उदघाटन गरेको छ । साँघुरो भवनबाट नयाँ भवनमा कार्यालय सञ्चालन गर्दा जनप्रतिनिधि,सेवाग्राही र कर्मचारीलाई दैनिक कामकाज गर्न सहज हुने भएकोछ ।

नव निर्मित भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले प्रशासकिय भवन निर्माणले कार्यसम्पादनमा सहज हुने बताए । प्रशासकिय भवन साँघुरो हुँदा सेवाग्राहीहरुलाई सेवा लिन अप्ठेरो भएको भन्दै अब समस्या समाधान भएको अध्यक्ष जि.सी.को भनाइ थियो । अध्यक्ष जिसीले जनप्रतिनिधीहरु राजनैतिक दलहरु बिच राजनैतिक मदभेद नभएको भन्दै विकासका काममा सकारात्मक सहकार्य भएको बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले निर्वाचित भईसकेपछी कानुन निर्माण, कर्मचारी व्यवस्थापन, भवन व्यवस्थापन, कोभिड लगाएतका समस्या आईपर्दा पनि रिब्दीकोट जनमुखी काममा सफल भएको बताईन । उनले यो पाँच बर्षमा रिब्दीकोटले असल अभ्यास गरेको र जनस्तरमा परिणाम पनि देखिएको दावी गरिन । उपाध्यक्ष खनालले घोषणापत्रमा भन्दा पनि थप काम गरेको भन्दै नयाँ प्रशासकिय भवनले आउँदा दिनमा जनप्रतिनिधी, कर्मचारी र सेवाग्राही सबैलाई सेवा लिन दिन सहज भएको बताईन ।

कार्यक्रममा नेकपा एमाले रिब्दीकोटका अध्यक्ष अर्जुन विकले जनप्रतिनिधी र कर्मचारी विच समन्वय गरेर काम गर्नुपर्ने भन्दै रिब्दीकोटमा जनप्रतिनिधी र कर्मचारी बिच काम गर्ने वातावरण सहज भएको बताए । रिब्दीकोटको आन्तरिक आय कम भएपनी केन्द्रबाट आएको बजेटको सहि सदुपयोग भएको र जनमुखी काम भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रिब्दीकोटका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोटमा धेरै राम्रा काम भएपनी अझैधेरै सुधार गर्न आवश्यक भएको औल्याए । कार्कीले विकास निर्माणका कार्यमा सबै पार्टीको समन्वय हुनुपर्ने बताए ।

नेपाली कांग्रेस रिब्दीकोटका सभापती रामचन्द्र पाण्डेयले सिंहदरवारमा रहेको अधिकार गाउँगाउँमा आएपछी जनतालाई सहज भएको बताउदै पाण्डेयले व्यवस्थित प्रशासकिय भवन बन्नु गाउँपालिकाको ठूलो उपलब्धी भएको बताए ।

गाउँपालिकाका प्रवक्ता विष्णु खनालले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गरे ।
पत्रकार सुनिल कार्कीले साँघुरो र अप्ठेरो भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राहीलाई समस्या हुने गरेको भन्दै रिब्दीकोटले प्रशासकिय भवन बनाएर राम्रो काम गरेको बताए ।
नव निर्मित बहुउद्धेशीय प्रशासकिय भवन १ करोड ८७ लाख २९ हजार ६१ रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।