बगनासकाली–रुपन्देही सम्पर्क कमिटी गठनका लागि भेला

मेचीकाली संवाददाता

१६ चैत्र २०७८, बुधबार
445 shares

बुटवल । नेकपा एमाले निकट पाल्पा, बगनासकाली रुपन्देही, नवलपरासी, कपिलवस्तु, सम्पर्क समन्वय कमिटी भेला आयोजना गर्नको लागि भेला आयोजना व्यवस्थापन कमिटी गठन भएको छ । भेलाले रामचन्द्र बस्यालको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन कमिटी गठन गरेको छ ।

जसको अध्यक्षता बगनासकाली गाउँ कमिटी अध्यक्ष हरि पाठकले गरेका थिए । बुटवलको सिद्धार्थ कटेजमा हुने समन्वय कमिटीको भेलालाई आगामी चैत १९ गते एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरेले संवोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बिहान ११ बजे हुने संयोजक बस्यालले जानकारी दिए । भेलामा बगनासकालीबाट आएर विभिन्न जिल्लामा बसेकाहरुलाई निमन्त्रणा गरिएको छ ।