स्व.पत्रकार डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार आचार्य र पौडेललाई

मेचीकाली संवाददाता

१७ चैत्र २०७८, बिहीबार
372 shares

बुटवल । स्व. पत्रकार डायलसन अधिकारी स्मृति पत्रकारिता पुस्कारबाट पत्रकार प्रकाश आचार्य र सन्जु पौडेल पुरस्कृत भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा प्रदान गरिएको सो पत्रकारिता पुरस्कार बुधबार एक कार्यक्रमका बीच पत्रकारद्वय आचार्य र पौडेललाई प्रदान गरिएको हो । उनीहरुले जनही २५२५ हजार नगर पुरस्कार पाएका छन् । पत्रकार आचार्य मेचीकाली दैनिक र पौडेल कान्तिपुर दैनिकमा आबद्ध रहेका छन् ।

पत्रकार अधिकारीको सडक दुर्घटनामा परि मृत्यु भएपछि उनको स्मृतीमा नगरपालिकाले पुरस्कार स्थापना गरेको हो ।