पाल्पालाई १/० गोलान्तरले पराजित गर्दै झरना सेमिफाइनमा प्रवेश

मेचीकाली संवाददाता

१७ चैत्र २०७८, बिहीबार
292 shares


तुलसीराम पौडेल —
फर्साटिकर, चैत्र १७

रुपन्देहीको शुद्दोधन -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित ९ औं शुद्धोधन गाउँपालिका फर्साटिकर कपको पाचौं दिनको खेलमा न्यु युथ युनियन पाल्पालाई १/० गोल अन्तरले पराजित गर्दै झरना स्पोर्टस क्लब सेमिफाइनलमा प्रबेश गरेको छ।
झरनालाई जित दिलाउन यानिकले पहिलो हाफको २९ मिनेटमा १ गोल गरे। झरनाका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए।
उनले पुरस्कार वापत नगद १ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी हात पारे । शुक्रबारको खेल भैरव नवलपरासी भर्सेस के जि ए ग्लोबल फुटबल क्लब भरतपुर बीच प्रतिस्पर्धा हुने खेल संयोजक आशिष कार्कीले बताए।
फर्साटिकर युवा क्लबको आयोजनामा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल भने यहि चैत्र २६ गतेका दिन हुने पनि संयोजक कार्कीले बताए ।