फर्साटिकर कपमा आज कपिलवस्तु -११ र सुनौलो संगम बीच भिडन्त हुने

मेचीकाली संवाददाता

१९ चैत्र २०७८, शनिबार
386 shares


तुलसी राम पौडेल
फर्साटिकर, चैत २०
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित नवौं शुद्दोधन गाउपालिका फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तर्गत आज कपिलवस्तु -११ र सुनौलो संगम युवा क्लब देविनगर बीच प्रतिस्पर्धा हुनेछ। शुक्रबार केबिए भरतपुर एफसी भर्सेस भैरब स्पोर्ट्स क्लब बीच प्रतियोगिता भएको थियो।प्रतियोगितामा भरतपुर एफसी शुन्यका विरुद्ध १ गोलको अन्तरले बिजय भएको थियोे ।
खेल शुरु भएको पहिलो हाफको ३९ औ मिनेटमा भरतपुर एफसीका जर्सी नम्बर १२ का अमित श्रेष्ठले गोल गरेका थिए । शुक्रबारको खेलको म्यान अफ द म्याच भरतपुर एफसीका अमृत श्रेष्ठ घोषित भए।
फर्साटिकर कपका प्रचार प्रसार संयोजक टेकु भण्डारीले म्यान अफ द म्याच पुरस्कार प्रदान गरेका थिए ।
चैत्र १२ गतेदेखि शुरु भएको फर्साटिकर कप चैत २६ गते समापन हुने खेल संयोजक आशिष् कार्कीले बताउनु भयो ।