मदन भण्डारी स्पोर्टर्स ऐकेडेमी रुपन्देहीमा भण्डारी

मेचीकाली संवाददाता

१९ चैत्र २०७८, शनिबार
695 shares

बुटवल, चैत १९ । सबैका लागि खेलकुद नारासहित स्थापना भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटिको पाचौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्दै खेलमार्फत युवालाई नेतृत्वमा ल्याउने अभियानका रुपमा एकेडेमी सफल भएको बताए ।

एकेडेमीका जिल्ला अध्यक्ष कृष्ण देवकोटाले आफ्नो कार्यकालको वार्षिक प्रगति पेश गर्दै युवाहरुलाई एकतावद्घ गराउदै संस्थागत विकास गर्न सफल भएको बताए । सृजनशिल, बौद्धिक रुपमा युवाहरुलाई अगाडि बढाउन मद्दत मिल्ने उनले दाबी गरे । सक्षम, सबल र अनुसासित खेलाडीका रुपमा जनशक्ति उत्पादन गर्ने उनले बताए । एकेडेमीलाई ज्ञानदेव हटुवाल, ध्रुव आचार्य, नन्दु काउचाले नेतृत्व सम्हालिसकेका छन ।

स्थापनासंगै एकेडेमीमार्फत संगठनात्मक, रचनात्मक कार्यहरु गरेको उनले बताए । खेलकुदका साथै सामाजिक क्षेत्रमा समेत आफुहरु निरन्तर योगदान दिदै आएको उनले बताए । कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष एकेडेमीका के सदस्य महेन्द्र लिगल, के सदस्य अमृता अनमोल, एकेडेमीका प्रदेश सचिव शंकर पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको पहिचान दिलाउन सकिने उदाहरण दिदै उमेर समुहबाट नै खेल विकासलाई जोड दिनुपर्ने सुझाव दिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देही जिल्ला कमिटिको ५ औं जिल्ला अधिबेसन सम्पन्न शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले मणि भण्डारीको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा गोरे अली, सचिबमा गंगाराम सुनार, सह सचिवः सरिता राना र कोषाध्यक्षमा युवराज काफ्ले रहेका छन । अधिवेशनले सहित ७१ सदस्यिय जिल्ला कमिटि गठन गरेको हो ।