सबै मिलेर बन संरक्षण गरौँ : उपप्रमुख चौधरी

मेचीकाली संवाददाता

१९ चैत्र २०७८, शनिबार
495 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु, चैत १९ । बागेश्वरी सामुदायिक बन उपभोक्ता समूह बाणगङ्गा नगरपालिका ५, ६ र ११ कपिलवस्तु नगरपालिका वडा नं. १० को १२ औं साधरणसभा सपन्न भएको छ । साधरणसभामा बोल्दै जिल्ला समन्वय समितिकि उपप्रमुख तारावती चौधरीले वन जंगल जोगाउन महिलाहरूको महत्वपूर्ण भूमिका रहेकोे बताउदै सबै मिलेर वन संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै कार्यक्रममा लक्ष्मणघाट माविका कविराज भण्डारी वडा नं.६ का वडा सदस्य बेचु थारूलगायतले वनमा हुने चोरी निकासी नरोकिएको हुँदा वनको सही सदुपयोग र व्यस्थापन गर्दै समाजको विकास गर्नुपर्ने बताउँदै साधरणसभाको पूर्ण सफलताको शुभकामना दिएका थिए ।
यसैबीच वनका सचिव निर्मला चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनको कुल क्षेत्रफल ४२६.५३ हेक्टर रहेको सो वनमा ३००० हजार घरधुरी संख्या रहेको बताउँदै महिला ६९२७ र पुरूष ६९८९ गरी जम्मा १३९१६ जनसंख्या रहेको जानकारी दिइन् ।

सो अवसरमा वनका कोषाध्यक्ष लेमबहादुर गरूङ्गले ३१ लाख ८७ हजार ३ सय ८९ रूपैयाँ बराबरको आयब्यय प्रस्तुत गरेका थिए । कार्यक्रम कल्लु थारूको अध्यक्षता, भरत कार्कीको स्वागत र निर्मला चौधरीको सञ्चालनमा सम्पन्न भएको थियोे ।