पाल्पा बगनासकाली रुपन्देही सम्पर्क संमन्वय कमिटीमा बस्याल

मेचीकाली संवाददाता

१९ चैत्र २०७८, शनिबार
309 shares

बुटवल । पाल्पा बगनासकाली रुपन्देही सम्पर्क संमन्वय कमिटीको भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाले रामचन्द्र बस्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलाको उद्घाटन गर्दै एमाले पोलिटव्यूरो सदस्य तथा युवा नेता ठाकुर गैरेले अबको सबै निर्वाचन एमालेले जित्नुपर्ने बताए । आउदो स्थानीय तह निर्वाचन एमालेले जित्ने बताए । जतिसुकै गठबन्धन गरे पनि एमालेलाई कुनै फरक नपर्ने बताए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष हरि प्रसाद पाठक, प्रदेश सभा सदस्य देवी प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, ओम प्रकाश गैरे, रामचन्द्र बस्याल लगायतले बोलेका थिए । कार्यक्रमका ५०० जनाको सहभागिता रहेको थियो ।