शुद्दोधन – ४ को आयोजनामा सम्मान कार्यक्रम

मेचीकाली संवाददाता

२० चैत्र २०७८, आईतवार
404 shares


तुलसी राम पौडेल
फर्साटिकर, चैत १९
रुपन्देहीको शुद्दोधन गाउपालिका वडा नम्बर -४ ले समाजलाई अगाडि बढाउन योगदान गरेका विभिन्न क्षेत्रका विशिस्ट व्यक्तिहरूलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ। कार्यक्रमको उदघाटन गर्दै माननीय एवं पुर्व कृषि तथा पशुपन्क्षी मन्त्री घनश्याम भुसालले समाजका विशिस्ट ब्यक्तिहरुबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले सम्मानित ब्यक्तिहरुलाई आ आफ्नो क्षेत्रका कार्यमा थप जिम्मेवारी बढेको बताउनु भयो ।
कार्यक्रममा शुद्दोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी ,समाजसेवी शेरबहादुर काफ्ले ,वरिष्ठ इन्जिनियर जयलाल मरासिनी ,,फर्साटिकर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्ती ,फर्साटिकत माविका प्रधानाध्यापक देवराज पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा समाजलाई योगदान गर्नुहुने कृषि ,शिक्षा ,स्वास्थ्य ,खानेपानी ,उद्योगी,ब्यापारी ,खेलकुद ,समाजसेवी लगायतका क्षेत्रका विशिस्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
शुद्दोधन गाउपालिका वडा अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षता एवं स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सदस्य हेमन थापाले गर्नुभएको थियोे ।