फर्साटिकर कपमा कपिलवस्तु -११ सेमिफाइनलमा प्रवेश

मेचीकाली संवाददाता

२० चैत्र २०७८, आईतवार
589 shares


तुलसीराम पौडेल
फर्साटिकर , चैत १९
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित नवौं शुद्दोधन गाउपालिका फर्साटिकर कप प्रतियोगिता अन्तरगत शनिबार कपिलवस्तु -११ भर्सेस सुनौलो सङ्गम देबिनगर बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा कपिलवस्तु -११ दुइका विरुद्ध तीन गोलको अन्तरले विजयी भएको थियो ।पहिलो हाफको २५ औ मिनेटमा सुनौलो सङ्गमका जर्सी नम्बर -४ का राजिव लोकचनले पहिलो गोल गरेका थिए ।पहिलो हाफको ४३ औ मिनेटमा कपिलवस्तु -११ का जर्सी नम्बर २३ का सुर्य थापाले १ गोल गरि बराबरीमा लगेका थिए ।त्यसै गरि दोस्रो हाफको सातौ मिनेटमा कपिलवस्तु -११का जर्सी नम्बर १० का सन्जु सेनले गोल गरि टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ४० औ मिनेटमा कपिलवस्तु -११ का जर्सी नम्बर ९ का निरन्जन खत्रीले गोल गरेका थिए ।
दोस्रो हाफको ४६ औं मिनेटमा सुनौलो सङ्गमका जर्सी नम्बर -४ का राजिव लोकपालले १ गोल गरि टिमलाई सान्त्वना दिलाएका थिए ।शनिबारको सम्पन्न खेलको म्यान अफ द म्याच कपिलवस्तु -११ का गोलकिपर दिपक राना घोषित भए ।म्यान अफ द म्याच पुरस्कार खेल संयोजक आशिष् कार्कीले प्रदान गर्नुभयो ।
आइतबारको खेल कालिका स्पोर्टिङ क्लब चितवन भर्सेस फर्साटिकर युवा क्लब रातो बीच हुने खेल संयोजक आशिष् कार्कीले बताउनु भयो ।