नेकपा एस समाजवादी शुद्दोधनको कमिटी गठन

मेचीकाली संवाददाता

२० चैत्र २०७८, आईतवार
500 shares


तुलसी राम पौडेल
शुद्दोधन ,चैत १९
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) शुद्दोधन रुपन्देहीको एक भेलाले लिल बहादुर विक अध्यक्ष रहेको २५ सदस्यीय पार्टी संगठन कमिटीको गठन गरेको छ।
कमिटीको उपाध्यक्षमा रिना हरिजन ,सचिवमा केशव कुमार खड्का ,उपसचिवमा रामबहादुर विक रहनु भएको छ।यसै गरि सदस्यहरुमा राजेश खरेल ,सिताराम दर्नाल ,कलाधर खरेल ,द्विपु नेपाली ,आदेश विक ,केशव सुनार ,मोहन हरिजन ,निरा सुनार,गोविन्द सुनार ,छेदनी बराइली ,पार्वती विक ,किरण विक ,मदन सुनार, मोहन सुनार लगायत रहेका छन् ।यसै गरि राम बहादुर विक अध्यक्ष ,रिना हरिजन र आदेश विक सचीवमा र कोषाध्यक्षमा गोविन्द बिक रहेकोे २१ सदस्यीय नेपाल दलित मुक्ति संगठन शुद्दोधन गाउपालिका स्तरीय कमिटी गठन गरेको छ।कार्यक्रम जिल्ला कमिटी सदस्य एवं शुद्दोधन गाउपालिका इन्चार्ज थानेस्वर खरेलको अध्यक्षता,जिल्ला कमिटी सचिव अविराम विकको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।