बगनासकाली रुपन्देही सम्पर्क कमिटि गठन समाजबाद स्थापनाका लागी एमालेलाई मतदान ः नेता गैरे

मेचीकाली संवाददाता

२० चैत्र २०७८, आईतवार
546 shares


नेत्र गैरे
बुटवल । नेकपा एमाले बगनासकालीले बगनासकाली रुपन्देही सम्पर्क कमिटि गठन गरेको छ । भेलाले रामचन्द्र बस्यालको अध्यक्षतामा ५१ सदस्यिय कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा जीवलाल बस्याल,यज्ञ गैरे र रुकमणी देवकोटा रहेकाछन् । यस्तै सचीवमा चिरञ्जीवी अधिकारी, सहसचिवमा घनश्याम गैरे र दिपक बस्याल, कोषाध्यक्षमा लेखनाथ बस्याल रहेकाछन् । यसै अवसरमा भेलाले नवलपरासी संयोजकमा टुकराज बस्याल, सहसंयोजकमा राम प्रसाद खनाल, सुनवल नगरपालिका संयोजकमा हुमनाथ गैरे, बुटवल संयोजकमा दधिराम पाठक, तिलोत्तमा संयोजकमा ठानेश्वर बस्याल सिद्धार्थ नगर संयोजकमा दल बहादुर चर्ती समेत चयन गरेको सम्पर्क कमिटि अध्यक्ष रामचन्द्र बस्यालले बताए


कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरेले मुलुकमा दक्षिणपन्थी अवसरबाद, संगठनात्मक अराजकतालाई परास्तगर्दै बैज्ञानिक समाजबाद स्थापनागर्न आउँदो स्थानिय निर्वाचनमा नेकपा एमालेलाई मतदानगर्न अपिल गरे । उनले अहिले देशमा महङ्गी, काला बजारी बढेको, देशका कार्यकारी अंगहरु कमजोर हुदै गएको, जसका कारण संघियता कमजोर हुदै गएको हँुदा लोकतन्त्र, संबिधान र राष्ट्रियताको रक्षाका लागि नेकपा एमालेको जीत आवस्यक रहेको बताए ।


नेकपा एमाले प्रदेश कमिटि सदस्य देवी प्रसाद बस्यालले मुलुकलाई राजनैतिक संकटबाट जोगाउन एमालेको जीत अहिलेको आवस्यकता रहेको औंल्याउदै बगनासकाली जन्मथलो भएका र कर्मथलो रुपन्देही लगायत अन्य स्थानमा बनाएका कार्यकर्ता तथा मतदाताहरुलाई जीत सुनिस्चितताका लागि संगठीतरुपमा लागीपर्न आग्रह गरे ।

प्रदेश कमिटि सदस्य ध्रुब अधिकारीले राष्ट्रियतको रक्षा, स्थानियतहको बिकासकालागि गठबन्धनका बिरुद्ध एमालेले एकल बहुमत ल्याउन कार्यकर्ताहरु गाउँ फर्कनुपर्ने बताए ।


कर्मथलो जहाँ भएपनि जन्मस्थानको बिकासकालागि आउँदो चुनावमा एमालेको जीत सुनिस्चितगर्न गाउँ फर्कन पर्ने जिल्ला कमिटि सहसचिव टिका थापाको भनाई थियो ।
गाउँपालिका उपाध्यक्ष तथा महिला नेतृ सरस्वती चिदीले स्थानियतहका संभावनाहरुलाई गुरुयोजना बनाई बिकास निर्माणका कामगर्न सक्षम नेतृत्व आवस्यक रहेका कारण आउँदो स्थानियतहको निर्वाचनमा एमालेको सरकार बनाउन पर्ने बताईन ।

कार्यक्रममा गाउँ कमिटि अध्यक्ष हरि पाठकले एमाले बिना मुलुकको बिकास संभव नभएको हुँदा आगामी निर्वाचनमा एमालेलाई जिताउन सबैमा आग्रह गरे । कार्यक्रम गाउँ कमिटि सचिव ओम प्रकाश गैरेको संचालनमा सम्पन्न भएको हो ।