फर्साटिकर कपमा कालिका स्पोर्टिङ क्लबसेमिफाइनलमा प्रवेश

मेचीकाली संवाददाता

२० चैत्र २०७८, आईतवार
385 shares


तुलसीराम पौडेल —
फर्साटिकर, चैत २०
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित नवौं शुद्दोधन गाउपालिका फर्साटिकर कप प्रतियोगिता अन्तरगत आइतबार कालिका स्पोर्टिङ क्लब चितवन भर्सेस फर्साटिकर युवा क्लब रातो बीच प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगितामा कालिका स्पोर्टिङ क्लब चितवन १ का विरुद्ध २ गोलको अन्तरले बिजयी भएर सेमिफाइनलमा प्रवेश गरेको छ।पहिलो हाफको २ मिनेटमा फर्साटिकर युवा क्लब रातोका जर्सी नम्बर ३ का अमित तामाङले प्रहिलो गोल गरेका थिए ।प्रहिलो हाफको ३३ औं मिनेटमा कालिका स्पोर्टिङ क्लबका जर्सी नम्बर १७ का रमेश बर्तौलाले गोल गरि टिमलाई बराबरीमा लगेका थिए ।दोस्रो हाफको ३८ औ मिनेटमा कालिका स्पोर्टिङका जर्सी नम्बर ९९ का सुरेश कुमालले गोल गरि टिमलाई बिजय गराएका थिए । आइतबारको खेलको म्यान अफ द म्याच कालिका स्पोर्टिङका राजेन्द्र रावल घोषित भए ।सिद्धान्त खनालले म्यान अफ द म्याच पुरस्कार प्रदान गरेका थिए ।