सियारी गाउपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

मेचीकाली संवाददाता

२५ चैत्र २०७८, शुक्रबार
619 shares


तुलसीराम पौडेल —
सियारी, चैत २४
स्वास्थ्य ,शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार ।समृद्ध सियारीको मुल आधार मुल नाराका साथ बिश्व स्वास्थ्य दिवसको शुभ अवसरमा रुपन्देहीको सियारी गाउपालिकालाई १२ बर्ष भन्दा माथी कोभिड -१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम अन्तरगत सियारी गाउँ पालिका रुपन्देहीका १६ वटा पालिकाहरु मध्य चौथो र गाउँपालिकाहरुमध्य दोस्रो भएको छ। सफलतापुर्वक कार्यहरू गर्न सक्षम उत्कृष्ट पालिकाहरु अन्तर्गत लुम्बिनी प्रदेशमा सियारी गाउपालिका पहिलो उत्कृष्ट गाउँपालिका भएको छ।जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज बिश्वकर्माले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले सियारी गाउँपालिका स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेकोमा साथै लुम्बिनी प्रदेशको उत्कृष्टमध्ये पहिलो गाउँपालिका हुन सफल भएकोमा प्रसंशा गर्नुभयो । सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले सियारी गाउपालिकालाई १२ बर्ष भन्दा माथिका कोभिड -१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयंसेबिका , जनप्रतिनिधि ,कर्मचारी ,समाजसेवी ,बुद्धिजीवी ,विभिन्न गैरसरकारी संघ सस्था लगायतका प्रतिनिधिहरुलाई धन्यवाद दिनु भयो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्यकर्मीहरु ,विद्यालयका प्रधानाध्यापकहरु ,टोल विकासका प्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुका प्रतिनिधिहरु लगायतलाई प्रसंशा पत्र प्रदान गरिएको थियोे । कार्यक्रममा अमवा स्वास्थ्यचौकीका मेडिकल अफिसर डा . सागर न्यौपानेले स्वास्थ्य सम्बन्धि महत्त्वपूर्ण कुराहरू बारे प्रकाश पार्नु भएको थियोे ।त्यसै गरि गाउपालिकाका हेल्थ असिस्टेन्ट मनोज पौडेलले सियारी गाउपालिकाको कोभिड सम्बन्धि सम्बन्धि जानकारी दिनुभएको थियोे ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, जिल्ला समन्वय समितिका संयोजक तथा खोप समन्वय समितिका संयोजक एकराज बिश्वकर्माको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिबाट स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी रहेको कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने ,पुर्व प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई ,सम्पूर्ण वडाहरुको तर्फबाट सियारी -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,नेपाली काङ्ग्रेस सियारी गाउपालिकाका सभापति गोपाल पाण्डे ,नेकपा एमाले सियारीका इन्चार्ज खेमराज गुरुङ ,डब्लु एचओका प्रतिनिधि डा. श्रुति नेपाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रमको संचालन गाउपालिका लेखाशाखा प्रमुख नारायण प्रसाद पौडेलले गर्नुभएको थियोे ।