फर्साटिकर कपको आज हुने फाइनल खेलमा कालिका स्पोर्ट्स क्लब र केबिए ग्लोबल फुटबल क्लब प्रतिस्पर्धा हुने

मेचीकाली संवाददाता

२६ चैत्र २०७८, शनिबार
450 shares


तुलसीराम पौडेल
फर्साटिकर, चैत २५
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ स्थित फर्साटिकर युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि संचालित नवौ शुद्दोधन गाउपालिका फर्साटिकर कप एक कार्यक्रम बीच आज समापन हुँदैछ। आज सम्पन्न हुने फाइनल खेलमा कालिका स्पोर्ट्स क्लब चितवन र केबिए ग्लोबल फुटबल क्लब भरतपुर बीच प्रतिस्पर्धा हुने खेल संयोजक आशिष कार्कीले जानकारी दिनुभयो । खेलको बिजेताले उपाधी सहित नगद २ लाख ५५ हजार ५ सय ५५ पाउनेछन् भने उप बिजेताले १ लाख २५ हजार ५ सय ५५ पाउनेछ्न ।फर्साटिकर कप प्रतियोगितामा कपिलवस्तु ,नवलपरासी ,चितवन ,लगायतका गरि १२ वटा टिमहरुले भाग लिएको आयोजकले बताएका छ्न।
आज हुने समापन कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य पुष्पा थरुनीले सम्बोधन गर्नुहुने प्रचार प्रसार संयोजक टेकु भण्डारीले जानकारी दिनुभयो ।