नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

२७ चैत्र २०७८, आईतवार
602 shares

बुटवल । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला समिति रुपन्देही र नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समिति रुपन्देहीको जिल्ला भेलाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
आइतबार सम्पन्न भेलाले ११ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । संगठनका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कानुन न्याय तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले नेपालमा कार्यरत कर्मचारीहरुले इमान्दारितासँगै सेवाग्राहीलाई सहज पहुँच पुग्ने गरि जनताको सेवामा लाग्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देहीका नेता हकीकुल्लाह खाँले कर्मचारीको सेवा सुविधा अन्य देशको तुलनामा कम भएकाले त्यसप्रति पनि खुसीसाथ आफ्नो कर्तव्य निभाउनुभएका कर्मचारीको प्रसंशा गरे ।
भेलालाई सम्बोधन गर्दै नेकपा माओवादीका जिल्ला संयोजक निर्मल जिसीले कर्मचारीको हकहित र अधिकारका लागि पार्टी सधै एक ढिक्का भएको र जनताको सहज सेवाप्रति कर्मचारी सधै चनाखो र सहयोगी बन्नुपर्नेमा जोड दिए ।

भेलामा नेता गोविन्द केसी, हुमनाथ न्यौपाने, पुष्पराज ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरि रावल, मिनप्रसाद ज्ञवाली, कृष्णकुमार बन्जाडे, सोमनाथ शर्मालगायतले बोल्दै नयाँ चयन भएर आएका समितिलाइ बधाई र सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।

पौडेल र न्यौपानेको नेतृत्वमा समिति गठन
भेलाले राजेन्द्रप्रसाद पौडेलको नेतृत्वमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समिती रुपन्देही गठन गरेको छ । जसको उपाध्यक्षमा राकेश यादव, सचिव इन्द्रकुमार राई, सहसचिव गोबिन्दप्रसाद भुर्तेल, कोषाध्यक्षमा गीता शर्मा र सदस्यहरुमा जीवलाल भुसाल, बेचेन तामाङ, योगमाया घिमिरे, अकलेश यादव चयन भएका छन् भने प्रदेश प्रतिनिधिको रुपमा किशोर ज्ञवाली, केशवराज पाण्डे, माधव पौडेल चयन भएका छन् । केही महिला सदस्य र प्रतिनिधि चयन गर्न बाँकी रहेको कार्यक्रम सञ्चालक हरि खड्काले जानकारी दिए ।

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला समिति रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनले उत्सव न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको वरिष्ठ उपध्यक्षमा चेतनारायण न्यौपाने, उपाध्यक्ष (महिला) गोमा पन्थी, सचिवमा खिमबहादुर पाण्डे, सहसचिव अम्बर रावल, कोषाध्यक्ष श्यामप्रसाद भुसाल र सदस्यहरुमा बिन्दु चौधरी, दिनेश नेपाली, घनश्याम भुसाल, दिपक खनाल रहेका छन् । त्यस्तै समितिको केन्द्रिय प्रतिनिधिमा जीवन भट्टराई, हिमलाल भुसाल, गोबिन्द खनाल, दिपक जिसी रहेका छन् भने प्रदेश प्रतिनिधिमा बिनोद भट्टराई र अम्बर रावल रहेका छन् ।